शुक्रबार, माघ १६, २०७७ || 1285  पटक पढिएको



रंगेली।सिमाबर्ति क्षेत्रमा बसाेवास गर्ने युवा तथा भारतका कलाकार हरु हस्तकलाका सामाग्री बनाउन ब्यस्त हुन थालेका छन । तराई का जिल्ला मा कलाकार हरुले पराल,माटाे र बाँस बाट उनिहरुले कलात्मक तरिकाले सरस्वती काे मुर्ति बनाएर बिक्रीवितरण गर्ने गर्दे छन । कलाकार हरुले मंसिर काे पहिलाे साता बाट भारत बाट नेपाल आएर घर तथा जग्गा भाडामा लिएर आफ्नाे कलाकारकाे माध्यम बाट तीन महिनाकाे अबधिमा ८० हजार देखि १ लाख रुपैयाँ सम्म कमाउने गरेका छन ।

उनिहरुले पराल लाई डाेरीले बाँधेर हात , खुट्टा , र शरिरकाे आकृति निकालेर त्यसलाई चिम्टाईलाे माटाेले उक्त आकृतिमा माटाे ले लिप्ने गर्दे छन । त्यस पछि उक्त मुर्ति लाई घाममा सुकाएर बिभिन्न रंग राेगन गरेर बिक्रीवितरण गर्ने गर्देछन। तराईका जिल्ला हरुमा यस्ता मुर्ति हरुकाे बडि किन मेल हुने गरेको छ । ६० बर्ष देखि आफु याे कलाकार पेसामा लागेको र अाफुलाई राम्रो भएको र आफुले नेपाल मा बसेर राम्रो कमाई हुने गरेको र याे पेशामा लागेको उनले बताए ।उनी हरु मुर्ति हरु झापाको अर्जुन धारा,चतराह, बिराटनगर र भारत काे विभिन्न ठाउँमा गएर आफुले माटाेकाे र सिमेन्ट हरुकाे मुर्ति वनाउनका साथै विभिन्न किसिमका पशुपंक्षी हरुकाे समेत मुर्ति बनाउने गरेको हिपमत डटकमलाई बताए ।

उनले एक मुर्ति बराबर १५ सय रुपैयाँ प्रतिगाेटा देखि १० हजार रुपैयाँ सम्मा लिएर बिक्री गर्ने गरेकाे सिस्वनि जहदा ५ का सिङघेश्वर मंन्डल ले वताए । तराईका जिल्ला हरुमा सरकारी तथा निजि बिधालय का बिधार्थिहरुले बसन्त पंचमी अर्थात सरस्वती पुजा काेे दिन उक्त मुर्ति खरिद गरेर विशेष पुजा गर्ने गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!