खबर ठुलो छ

नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले आर्थिक अभावका कारण उपचार नपाएर बसेकी एक बालिकालाई निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् । डा.शर्माले मोरङको मिक्लाजुङ गाउँपालिका–६ कालिदहकी ७ बर्षीया रुस्मा बस्नेतको निधारमा पलाएको ट्यूमरको शल्यक्रियासहितको सम्पूर्ण उपचार निःशुल्क गराइदिएका हुन् ।

बिपन्न परिवारकी ती बालिकाको परिवारले खर्च जुटाउँन नसक्दा उनको उपचार हुन सकेको थिएन । जन्मिएको करिब एक महिनादेखिनै निधारमा निस्किएको डल्लो बढ्दै जाँदा उनलाई आँखा हेर्नसमेत समस्या हुने गरेको थियो । तरपनि, पैसा अभावमा उनको उपचार हुँन सकेको थिएन ।

उनले विरामीको पारिवारिक अवस्था बुझेर नोबेल अस्पतालमा ल्याई बालिकाको निःशुल्क औषधि उपचारको व्यवस्था मिलाइदिएका हुन् । डा.शर्माले करिब दुई लाख मूल्य बराबरको औषधि उपचार निःशुल्क गराइदिएका छन् ।

पैसा अभावले उपचार गर्न नसकिरहेको अवस्थामा डा.शर्माले सम्पूर्ण खर्च ब्यहोरेर निःशुल्क उपचारको व्यवस्था मिलाइदिएपछि अहिले बालिकाको परिवार हर्षित छ । ‘पैसा अभावले छोरीको उपचार गर्न सकिरहेका थिएनौं ।’ बालिकाका बुबा विकासले भने–‘सुनिल सरले सबै खर्च निःशुल्क गरेर उपचारको व्यवस्था मिलाईदिदा ढुंगा खोज्दा देउता मिलेजस्तो भयो ।’

नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टिमले बालिकाको निधारमा पलाएको ट्यूमरको सफल शल्यक्रिया गरेको हो । शल्यक्रियापछि बालिका अहिले अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् ।

बिहिबार, माघ १५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया