हिपमत डटकम

बिहिबार, माघ १५, २०७७ || 561  पटक पढिएको

बाँकेको नेपालगञ्जमा राष्ट्रिय अनुसन्धान विभागका सहायक-सूचक प्रविण थापामगरको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । भक्तपुरबाट १८ वर्षीय विवेक परियारलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रवक्ता (एसपी) गंगा पन्तले  बताइन् ।

माघ २ मा नेपालगञ्जस्थित सूर्यगाउँमा सहायक–सूचक प्रविणको शव फेला परेको थियो । हत्यामा संलग्न आरोपी विवेक नेपालगञ्ज उप-महानगरपालिका–६ फुल्टेका स्थानीयवासी हुन् । विभागको जिल्ला कार्यालय बाँकेमा कार्यरत २२ वर्षीय प्रविण बर्दियाका हुन् । पछिल्लो समय उनी परिवारसँग नेपालगञ्जमा बस्थे ।

हत्यापछि भागेका विवेकलाई ब्यूरोको टोलीले भक्तपुरको चाँगुनारायण–९ स्थित ताथलीबाट पक्राउ गरेको हो । मृतकको टाउकोमा धारिलो हतियारको चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) सुवास खड्काले हत्यामा संलग्नताको आशंकामा थप केही व्यक्तिमाथि सोधपुछ भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!