हिपमत डटकम

बिहिबार, माघ १५, २०७७ || 627  पटक पढिएको

दुई वर्षअघि दुई तिहाइ करिब बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीहरुलाई प्रतिवाद गर्न अरिङगालजस्तो क्षमता देखाउन पार्टी पङतिलाई निर्देशन दिए । सरकारले जनअ‍ेक्षित काम देखाउन नसकेपछि प्रतिवाद गर्न ओलीले दिएको निर्देशन थियो त्यो । पार्टीविरुद्ध हुने चलखेल परास्त गर्न अरिंगालको जस्तो प्रतिरोध गर्न ओलीले निर्देशन दिएका थिए ।

प्रधानममन्त्री ओलीको निर्देशनपछि नेकपा ओली समर्थित कार्यकर्ता अरिङगाल नै बनेर उत्रिए । सामाजिक सन्जाल, गाउँ, शहर, सडक र सदनसम्म पनि अरिङगालले प्रवेश पायो । विपक्षी र आलोचकप्रति खरो रुपमा उत्रिए । जहाँ भेट्यो त्यहीँ टोके ।

यो विषयले संसदमा समेत प्रवेश पायो ।

सांसदहरुले प्रधानमन्त्री ओलीको उक्त अभिब्यक्ति प्रति आपत्ति जनाए । प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संगठित अपराधलाई प्रेरित गर्ने खालको भएको आरोप लगाए । आलोचनबाट सरकार सुधारको बाटोमा जानुपर्नेमा आलोचना गर्ने विरुद्ध अरिंगालजस्तै बन्नुस भन्नु खेदपूर्ण रहेको विपक्षी सांसदको हठर रह्यो ।

अहिले साइबर सेनाको आक्रमण

कार्यकर्ता अरिङ्गाल हुँदा नेकपा एकै थियो । तर अहिले अवस्था फेरियो । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि अरिङ्गालहरु दुई समूहमा विभाजित भइसके । उनीहरु एक अर्काविरुद्ध नै जाइलाग्न थाले । अहिले ओलीले अरिङ्गाललाई साइबर सेनामा परिणत गरेका छन् ।

ओलीको प्रतिरक्षामा उत्रने समर्थकहरुका लागि ‘हनुमान’ र ‘अरिगांल’ शब्द प्रयोग सामान्य बनेका बेला केही दिन अगाडि पूर्वगृहमन्त्री भीम रावलले आफूलाई ओलीका ‘साइबर सेना’ले बदनाम गराउन खोजेको अभिव्यक्ति दिए । त्यसपछि नेकपा ओली समूहका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले ‘साइबर सेना’ बनाउने घोषणा नै गरे ।

म्याग्दीको बेनी पुगेर बस्नेतले अब वाईसीएल वा युथ फोर्स होइन, साइबर सेना बन्ने बताउँदै आफ्ना पक्षका कार्यकर्तालाई जिल्ला तहमा त्यसको संरचना बनाउन निर्देशन पनि दिए । म्याग्दी र अन्य जिल्लामा जाँदा पनि उनले यस्तै निर्देशन दिएका छन् ।

बस्नेतले पार्टीले बनाउन लागेको साइबर सेना युवा संघको विभागीय संरचनाको रुपमा रहने बताए । पार्टी संरचनामै राखिने साइबर सेनाले पार्टी नेता–कार्यकर्ताविरुद्व सिर्जना गरिएको भ्रमलाई जोडदार रुपमा चिर्ने उनले बताए ।

यो कुरा उनी पटक पटक दोर्याउँदै आएका छन् । उनले पुस २५ मा काठमाडौंको एक कार्यक्रममा अराजकताविरुद्ध साइबर सेना परिचालन गर्ने बताएका थिए । साइबर सेनाले नै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाललाई ठेगान लगाउनुपर्ने बताएका थिए ।

त्यस्तै माघ १४ मा नवलपुरको गैंडाकोटमा आयोजित कार्यक्रममा सरकारविरुद्ध भ्रम फैलाउनेलाई तह लगाउन टोल–टोलमा साइबर सेना गठन गर्न युवालाई निर्देशन नै दिएका थिए ।

बुधबार बुटवल पुगेर पनि सोही कुरा दोहोर्याए । उनले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाको पंक्ति र आमसर्वसाधारणमाथि हुने आक्रमणलाई आफूले स्थापना गर्ने साइबर सेनाले निर्ममताका साथ प्रतिरोध गर्ने बताए ।
‘साइबर सेना कुनै बन्दुक बोक्‍ने सेना होइन्, कम्ब्याट लगाउने सेना होइन् । ब्यारेकमा बस्‍ने सेना होइन् । यो सेना बौद्धिक सेना हो । यो प्राविधिक सेना हो । यसले द्वन्‍द्वमा भ्रम फिजाउने शक्तिहरूलाई चिर्छ । यसले कानुनमा हातमा लिँदैनन्, साथमा लिन्छ ।’ उनले भने । बुधबार उनी केही मिडियाका सम्पादमाथिसमेत खनिएका थिए ।

साइबर सेनाले के गरिरहेको छ ?

केही दिनअघि बालुवाटारअघि नागरिक अगुवाको प्रदर्शनमा प्रहरीले दमन गर्यो । शान्तिपूर्ण मार्च गरिरहेको अगुवामाथि प्रहरीले लाठी र पानीका फोहोरा बर्सायो । जहाँ केही गम्भीर घाइतेसमेत भए । प्रहरी दमनपछि लेखक तथा पत्रकार नारायण वाग्लेले दमनको कडा शब्दमा भ्रत्सना गरे । अब तेस्रो जनआन्दोलन हुने उद्घोषसमेत गरे ।

तर प्रदर्शनको साँझदेखि नै प्रदर्शन बारे विभिन्न अपव्याख्या गर्ने काम सुरु भयो ।

नागरिक समाजको ब्यानरमा भएको ‘बालुवाटार मार्च’मा गरेको भाषण नारायण वाग्लेको फोटोसहित एउटा भनाइ भाइरल बनाइयो । फोटोमा नारायण वाग्लेलाई लेखक, अभियन्ता भन्दै उनको भनाइको रुपमा लेखिएको थियाे – संविधानमा धर्म निरपेक्षता लेखिएको थियो। त्यसैले मन्दिर बनाउने पूजा गर्ने काम बन्द हुनुपर्छ। धर्म निरपेक्षताका लागि मन्दिरहरु भत्काउनु पर्छ। पूजापाठ बन्द गरिनु पर्छ ।

तर उक्त कुरा भ्रामण थियो । वाग्लेले त्यसो भनेका थिएनन् । पछिल्ले दिन वाग्लेले नै त्यसको खण्डन गर्नुपर्यो ।

यो कसले गर्यो ? अनुत्तरित छ । तर बुझ्न सकिन्छ नागरिक अगुवाको आन्दोलनलाई कमजोर बनाउन गरिएको हो । आन्दोलनलाई कमजोर कसले बनाउन चाहन्छ ? उत्तर क्लियर छ । सरकार र सरकार समर्थित ।

त्यसो भए यो काम महेश बस्नेतले भन्ने गरेका साइबर सेनाले गरे ? आधिकारिक रुपमा उनका साइबर सेना भूमिगत छन् । को को सेना हुन भन्ने पनि खुलाइएको छैन । तर सन्जालमा दिनरात प्रतिकारमा उत्रिएका छन् । विरोधीमाथि आक्रमण गरिरहेका छन् । त्यसैले पुष्टि नभए पनि यो काम पनि तिनैले गरेको हुसक्ने अनुमान लगाउन गाह्रो छैन ।

ओलीका साइबर सेनाले यति मात्रै का गर्छन् ? अह होइन । भूमिगत रुपमा अनेक काम गरिरहेका छन् । उनीहरुको एउटै उद्देश्य छ ओलीको बचाउ र विरोधीको प्रतिकार । त्यसका लागि तल्लोस्तरमा गिरेर गाली गर्नसम्म पछि पर्दैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!