हिपमत डटकम
काठमाडौं , १४ माघ :पर्यटन बोर्डको सिइओमा डाक्टर धनन्जय रेग्मी नियुक्त भएका छन्। पर्यटन बोर्डको संचालक समितिको बैठकले मंगलबार रेग्मीलाई बोर्डको सिइओमा नियुक्त गरेको हो। उनले ४ वर्ष पर्यटन बोर्डको नेतृत्व गर्ने छन्।
डाक्टर रेग्मी १७ जना प्रतिस्पर्धीलाई उछिन्दै सिइओ बनेका हुन्।

पर्यटन बोर्डले गत मंसिर १८ मा सिइओको लागी आवेदन माग गरेको थियो।जसमा १७ जनाको आवेदन परेको थियो।

पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका संचालक समिति सदस्य विप्लव पौडेल र कृष्णबहादुर महरा सहितको छनौट समितिले १७ जनाबाट पहिलो चरणमा ९ जना छनौट गरेको थियो।

छनौट समितिमा दुई विज्ञका रूपमा पूर्व पर्यटनसचिव कृष्णप्रसाद देवकोटा र पर्यटन व्यवसायी सागर पाण्डे थिए।
छनौट समितिले १७ जनाबाट पहिलो चरणमा ९ जना छनौट गरेको थियो। उनीहरुको प्रस्तुतीको आधारमा गतहप्ता तीन जनाको नाम संचालक समितिमा पठाएको थियो।बोर्डले संचालक समितिमा पठाएको सूचीमा धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐर थिए । सबैलाई उछिन्दै रेग्मी बोर्डको सिइओ नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!