हिपमत डटकम

बिहिबार, माघ १५, २०७७ || 584  पटक पढिएको

इंग्लीश प्रिमियर लिगको पूछारमा रहेको शेफिल्ड यूनाइटेडले म्यान्चेष्टर यूनाइटेडलाई स्तब्ध बनाएको छ । प्रिमियर लिग अन्तगर्त गए राति अबेर सम्पन्न खेलमा शेफिल्डले म्यान्चेष्टर यूनाइटेडलाई २–१ ले हराएको हो ।
खेलको २३ औं मिनेटमा किन ब्रायनको हेडरमार्फत् शेफिल्ड यूनाइटेड म्यान्चेष्टर यूनाइटेडमाथि १–० को अग्रता लियो ।

जोन फ्लेकको कर्नरलाई उहाँले हेडरमार्फत् गोलको दिशा दिनुभयो । ६४ औं मिनेटमा हयारी मैग्वेरको गोलमा म्यान्चेष्टर यूनाइटेड बराबरी गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्यायो । ७४ औं मिनेटमा विस्थापित ओलिभर बर्कले एक्जेल टुआनजेबेको फ्लिकलाई गोलको दिशा दिदै शेफिल्ड यूनाइटेडको म्यान्चेष्टर यूनाइटेडमाथि २–१ को जित सुनिश्चित गर्नुभयो ।

सन् १९९२ पछि शेफिल्डले पहिलोपटक म्यान्चेष्टर यूनाइटेडलाई हराउन सफल भयो ।हरसँगै म्यान्चेष्टर यूनाइटेड अङ्कतालिकाको दोस्रो स्थानमा झरेको छ । शीर्ष स्थानको म्यान्चेष्टर सिटीको ४१ अङ्क रहेको छ । सिटीले यूनाइटेडभन्दा एक खेल कम खेलेको छ । यूनाइटेडले २० खेलबाट ४० अङ्क बटुलेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!