हिपमत डटकम
काठमाडौँ , १४ माघ : साउदीमा काम गरेर कमाएको सम्पत्ती समेत लिएर गएको भनिएकी प्रमिलालाई सन्तोषले वहुविवाहको मुद्दा दायर गरेका थिए । उनीहरु अहिले प्रहरी हिरासतमा छन् । श्रीमतीले धोका दिएपछि सन्तोष फेरी छोराछोरीको भविष्य बनाउन भन्दै फेरी साउदी हिडेका छन् । उनका दुई छोराछोरी अब एक्लिएका छन् । कमाएको सम्पत्ती पनि सकिएपछि उनी अब छोराछोरीको भविष्यका लागि फेरी साउदी जान लागेको उनले बताएका छन् । उनको विषयमा सामाजिक सञ्जाल र युट्युवमा भिडियो सार्वजनिक भएका कारण अहिले उनलाई धेरैले चिनेका छन् ।

साउदी जान लागेका सन्तोषलाई विदाई गर्न उनका घरमा धेरै ब्यक्ति पुगेका छन् । केही युट्युव संचालकहरु पनि सन्तोषलाई विदाई गर्न घरमै पुगेका थिए ।तर प्रहरी हिरासतमा रहकी प्रमिलाले भने एक पटक सन्तोषलाई भेट्न चाहेको कुरा खुलेको थियो । उनले आफ्नो जिवनमा भएका केही कुरा नखुलाएका कारण अहिले यस्तो अवस्था आएको भन्दै उनले केही कुरा खुलाउन चाहेको कुरा बाहिर आएको छ ।

सन्तोषले पनि त्यो कुरा थाहा पाएको बताएका थिए । प्रमिलाले मलाई केही कुरा भन्न चाहेको भन्ने कुरा मैले पनि सुनेको छु, सन्तोषले भने, केही कुरा होला उनले भन्न चाहेको । अब म फेरी विदेश जाँदैछु । उनले आफु विदेश जाने दिन आइसकेकाले प्रमिलालाई भने भेट्न जान नपाएको बताएका छन् । प्रमिलालाई लिएर जाने सुरेश परियार पनि वैदेशिक रोजगारीका लागि विदेशमै थिए । सुरेश विदेशवाट आएर प्रमिलालाई लिएर गएका थिए । सुरेशको पनि दुई छोराछोरी र श्रीमती छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!