हिपमत डटकम

बुधबार, माघ १४, २०७७ || 589  पटक पढिएको

आगामी दुई तीन दिन काठमाडौं उपत्यकामा चिसो बढ्ने देखिएको छ । अझैँ केही दिन विहान बेलुका चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागका मौमसविद् गंगा नगरकोटीले पश्चिमी वायुको प्रभावले बादल लागेमा न्यूनतम् तापक्रम बढ्ने गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा अहिले आकास सफा रहेकाले न्यूनतम तापक्रममा विहान बेलुका गिरावट आएको छ । विहान बेलुका मौसममा गिरावट आउने भए तापनि वर्षा हुने सम्भावना भने नरहेको उहाँले बताउनुभयो ।
काठमाडौं बाहिर भने पहाडी भू–भागमा आंशिक बदली रहेको विभागले जानकारी दिएको छ । साथै, तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

बिहीबार, दिउँसोको समयमा पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । आगामी २४ घण्टाका लागि देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक र दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू–भागमा विहानीपख हुस्सु र कुहिरो समेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!