हिपमत डटकम

बुधबार, माघ १४, २०७७ || 522  पटक पढिएको

कोभिड–१९ को त्रासबीच पनि भौतिक पूर्वाधार निर्माणमा सक्रिय निर्माण व्यवसायीलाई हत्तोत्साहित गर्ने गरी अज्ञात समूहबाट भइरहेका हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।

रुपन्देही जिल्लाको सियारी गाउँपालिकामा सियारी पहुँच मार्गअन्तर्गतको सडकखण्ड निर्माणमा प्रयोग भइरहेको ट्रक र यन्त्र (डिष्ट्रिव्युटर) मा अज्ञात समूहबाट आज बिहान आगजनी गरिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गाँउपालिकाको भवन अगाडि पार्किङ गरी राखिएको एक ट्रक र एक डिष्ट्रिव्युटरमा आगजनी गर्दा कम्तीमा पनि रु ५० लाखभन्दा बढीको क्षति भएको महासङ्घका महासचिव रोशन दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

निर्माण व्यवसायी सङ्घ नवलपरासीका अध्यक्षसमेत रहनुभएका लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष नवीन ज्ञवालीको नविन कन्स्ट्रक्सनको लु१क ६९७६ नम्बरको ट्रक र डिष्ट्रिव्युटरमा आगजनी गरिएको हो । ती सवारी साधन पुष्पाञ्जली–समिर–जिम्बा जेभीद्वारा सडक निर्माणमा प्रयोग भइरहेका थिए । आगजनीका कारण दुवै उपकरण पूर्णरुपमा काम नलाग्ने गरी ध्वस्त भएका छन् ।

निर्माण व्यवसायी र तिनका उपकरणको सुरक्षालाई लिएर महासङ्घले पटकपटक प्रधानमन्त्रीसहित सरोकार भएका सबैको ध्यानाकर्षण गराइरहँदासमेत हिंसात्मक गतिविधिमा कुनै कमी नआउनु चिन्ताको विषय भएको महासचिव दाहालले बताउनुभयो । यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माण ठप्प पारी सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी महासङ्घले दिएको छ ।

तत्काल दोषीलाई पक्राउ गरी कडाभन्दा कडा सजाय दिन र सम्बन्धित निर्माण कम्पनीलाई क्षतिपूर्ति दिन महासङ्घका महासचिव दाहालले जोडदार माग गर्नुभएको छ । साथै देशभरका निर्माण व्यवसायी र तिनका उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन पुनः एक पटक सरोकार भएका सबैको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!