अमेजनका मालिक जेफ बेजोसले प्रेमिकका भाइसँग जरिवानास्वरुप १.७ मिलियन डलर (१९ करोड रुपैयाँ) मागेका छन् । वास्तवमा बेजोसकी प्रेमिका लरेन सान्चेजका भाइ माइकल सेन्चेजले उनीमाथि मुद्दा दर्ता गरेका थिए । माइकलले मुद्दा हारेका थिए । यसै कारण अब बेजोसले माइकलसँग उनको कानूनी उपचारका लागि भएको खर्चको रकम चुकाउन माग गरेका छन् ।

वास्तवमा यी दुईबीचको विवाद सन् २०१९ मा सुरुवात भएको थियो । त्यतिबेला लरेन र बेजोस विवाहित थिए । तर दुबैको अफेयरको जानकारी नेशनल इन्क्वायरर र पेज सिक्स म्यागजिनलाई भएको थियो । म्यागजिनमा लरेन र बेजोसका केही नीजि मेसेज र फोटो पनि छापिएको थियो । म्यागजिनले यो पनि बताएको थियो कि उनीहरुसँग यी जोडीको यस्ता तस्बिर पनि छन् जुन छाप्न उचित हुने छैन । म्यागजिनमा रिपोर्ट छापिएको केही घण्टा अघि मात्रै बेजोसले आफ्नी श्रीमती म्याकेन्जीसँग सम्बन्धविच्छेद गर्ने घोषणा गरेका थिए ।

पछि माइकल सेन्चेजले बेजोसले आफूमाथि उनीहरुको नग्न फोटो नेशनल इन्क्वायरर म्यागजिनलाई दिएको भनेर आरोप लगाएको बताए । माइकलले बेजोसले लगाएको आरोपका कारण आफ्नो मानहानी भएको पनि बताए । यद्यपि, प्रमाण पर्याप्त नभएका कारण न्यायाधिसले मुद्दा खारेज गरिदिए । यस्तै, बेजोसले अदालत सामू आफूले कहिले पनि माइकलमाथि फोटो सार्वजनिक गराएको आरोप नलगाएको बताएका थिए ।

ब्लूमबर्गको रिपोर्ट अनुसार बेजोसले शुक्रबार माइकल सेन्चेजले आफ्नी बहिनी (उनकी प्रेमिका) लाई धोका दिएको बताएका छन् । बेजोसले माइकलले करिब २२ लाख रुपैयाँमा आफ्नो नीजि कुराकानी टेबलोइडलाई बेचेको आरोप लगाए ।

यस्तै, माइकल सेन्चेजका वकिल टम वारेनले अर्बपतिको तर्फबाट गरिएको कानूनी उपचारको खर्च चुकाउनका लागि गरिएको अनुरोधलाई अश्लील र भद्दा बताएका छन् । यसअघि वारेनले जेफ बेजोसविरुद्ध मानहानीको मुद्दा हारेपछि माइकल सान्चेजले माथिल्लो अदालतमा अपिल गर्ने इच्छा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!