हिपमत डटकम
काठमाडौँ , १४ माघ : तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नं ४ का इसाक सुनारलाई सोमबार भोज खाएर घर फर्किर्दै गर्दा बाघले आक्रमण गर्यो र ज्यान लियो । आमा र दाजुहरुसंग हात समाएर आउँदै गर्दै घर नजिकै बाटोमा इसाकलाई बाघले आक्रमण गरेको उनकी आमाले बताईन् । चितुवा भनिदै आए पनि यो बाघ जस्तै ठूलो रहेको र आफ्नै हातबाट माईलो छोरा इसाक सुनारलाई घिसार्दै लगेको उनले बताएकी छन् । पछिल्लो समय फेरी तनहुँका केही ठाउँहरुमा नरभक्षी चितुवाको त्रास फैलदै छ । चितुवाको आक्रमणबाट मात्र अहिले सम्म तनहुँ जिल्लामा मात्र नौ जनाले ज्यान गुमाएका छन् । आबुखैरेनी गाउँपालिका १ राना गाउँमा भएको घटना सेलाउन नपाउँदै फेरी ११ बर्षका इसाक सुनारले चिनुवाको आक्रमणबाट ज्यान गुमाएका छन् । कसरी दिउँसै आमाको हातबाट चितुवाले बालक खोसेर लग्यो ? यो स्थलगत रिपोर्ट हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!