हिपमत डटकम

बुधबार, माघ १४, २०७७ || 738  पटक पढिएको

प्रदेश १ मा कोरोनाको खोप लगाउन सुरु गरिएको छ । प्रदेश १ का आठ जिल्लामा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको हो । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दास र वरिष्ठ कन्सल्टेन्ट फिजिसियल डा.दिपक सिग्देलले कोशीको कोभिड–१९ अस्पताल परिसरमा बुधबार पहिलो खोप लगाएर खोपको उद्घाटन गरे ।

यसैगरी डाक्टर सिग्देलले खोप लगाउँदा कोरोनाबाट सुरक्षितहुन सकिने बताउँदै अनावश्यक हल्ला र अफवाहको पछि नलाग्न आग्रह गरे । उनले खोपबारे भएका अध्ययन र परीक्षणहरुले त्यसको प्रमाणिकता पुष्टि गरेपछि मात्रै मानव शरिरमा लगाईने भएकोले सबैले खोप अभियानमा सरिक हुनुपर्नेमा जोड दिए ।

प्रदेश १ का आन्तरिक मामला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीको प्रमुख उपस्थितिमा राष्ट्रिय खोप अभियान अन्तर्गतको कार्यक्रममा प्रदेश १ मा खोपको सुरुवात गरिएको हो । बुधबार देखि सुरु भएको राष्ट्रिय खोप अभियान कार्यक्रम प्रदेश १ का ८ जिल्लाका १९ केन्द्रमा सरकारी तथा निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारी, सफाई कर्मचारी, एम्बुलेन्स चालक, शववहान चालक समेतलाई खोप लगाईएको छ । प्रदेश १ मा ३५ हजार ५७६ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आठ जिल्लाका २८ हजार ६०५ जनालाई खोप उपलब्ध भएको दश दिन भित्रमा खोप लगाई सकिने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!