हिपमत डटकम

बुधबार, माघ १४, २०७७ || 768  पटक पढिएको

अमेरिकाको क्यालिफोर्नियामा फाइजरले निर्माण गरेको कोरोना खोप लगाउनुभएका एक नर्सलाई कोरोना संक्रमण भएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार उहाँले खोप लिनुभएको एक हप्ताभन्दा पछि कोरोना संक्रमण भएको हो । सामाजिक सञ्जाल फेसबुकमा स्थानीय दुई अस्पतालका ४५ नर्सले खोप लिएको कुरा नर्सहरूले सार्वजनिक गर्नुभएको थियो । जसमध्ये म्याथ्यू डब्ल्यू पनि एक हुनुहुन्थ्यो । उहाँलाई खोप लगाएपछि पाखुरा अलिअलि दुख्ने बाहेक अन्य कुनै साइड इफेक्ट नदेखिएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

कोभिड–१९ युनिटमा काम गरेको ६ दिनपछि उहाँ बिरामी हुनुभयो । समाचारका अनुसार उहाँको मांशपेसी दुख्ने तथा चिलाउने हुन थाल्यो । पछि कोरोना परीक्षण गर्दा उहाँमा कोरोना संक्रमण भएको पाइएको अमेरिकी सञ्चारमाध्यम टेनन्यूजले उल्लेख गरेको छ । यो घटनापछि संक्रमण विशेषज्ञ डा. क्रिश्चियन र्‍यामर्सले म्याथ्यूलाई खोप लिनु पहिले नै संक्रमण भएको हुन सक्ने बताउनु भएको छ ।

‘पहिलो डोज लिँदा ५० प्रतिशत सुरक्षित गराउँछ, अनि दोस्रो डोज लिएपछि ९५ प्रतिशत’, उहाँले भन्नुभयो, ‘म्याथ्यूको केसमा उहाँलाई खोप लिनुभन्दा पहिले नै संक्रमण भएको पनि हुन सक्छ ।’ तर यदि म्याथ्यूलाई खोप लिएपछि संक्रमण भएको हो भने यसबारे जान्न अझै बाँकी रहेको डा. र्‍यामर्सले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!