हिपमत डटकम

बुधबार, माघ १४, २०७७ || 1505  पटक पढिएको

स्वतन्त्रता, समावेशिता, अधिकार, विकास, सुखी नेपाली समृद्ध नेपाल सहीतका अनेकौं नारा सहित करिब आठ दशक देखिको संघर्ष र आन्दोलनले अहिले पनि निरन्तरता पाएको छ । सत्ता फेरीयो, शासन फेरीयो तर शासकिए प्रवृति र सोंच फेरिएन । जसको फल स्वारुप राजनीतिक आनदोलनको कैयौं खुडकिला पार गर्दै २०७७ साल सम्म आइपुग्दा पनि नेपाली युवाहरुको बाध्यता र अवस्था उस्ताको उस्तै छ । यो कहिलै फेरिएन । फेरियो त केवल नेताहरुको धोती, टोपी, फाटेको चप्पल र च्यातिएको सारी । अहिले सडकमा पार्टीको झण्डा बोकेर लाईन लागेका युवाहरु संग मेरो प्रश्न छ – “कहिले सम्म जिन्दावाद र मुर्दाबाद का नारा लगाउने ? भ्रष्टाचारी अभियन्ताहरुको दलाली गर्ने र आफ्नो नेता मानेर जिन्दाबाद मुर्दाबाद गर्ने ? कहिले सम्म रोजगारका लागि भारत र खाडी मुलुक जाने ? एयरपोर्टमा तछाड मछाड गर्ने ? कहिले सम्म यी स्वार्थी र गैरजिम्मेवार नेताहरुको पछलगुवा बनेर जी हजुरी गरिरहने ?” दिसाहीन पथभ्रस्ट नेताहरुले देशलाई यतिसारो बिकलंग बनाउँदा पनि युबाहरु सजग र सचेत नभएर जिन्दाबाद मुर्दाबादमा लागेका छन् । अहिले पनि बेला छ एकचोटी सोंचौं विचार गरौं सजग हौउ र सचेत बनौं नत्र यो देश सधैंको लागि अन्धकारमय हुनेछ ।

कोरोना महामारिका बेला घरभित्र लुकेर मासुभात खाने, जागिर गुमाएका जनताले भोकभोकै बसेर तिरेको करबाट सांसद र मन्त्री बनेर तलब भत्ता खाने, नागरिकलाई एउटा मास्क र एकमुठी चामल नदिनेहरु आज सांसदको लोगो खोसिएपछी सडकमा आएर पोस्टर–पम्पलेट, झण्डा, पेट्रोल, मासुभात आदि इत्यादिमा करोडौं सखाप पार्दैछ । आन्दोलनको आढमा युवाहरुको सपना कुल्चिँदैछ । काश यी नेताहरुलाई जनता प्रति अलिकति पनि संवेदना भएको भए कोरोना कालमा मास्क सहितका आवश्यक सुरक्षा सामग्री र खाद्यन्न सामग्री लिएर जनजनमा जाने थिए । तर, त्यसो गरेनन् र अहिले आन्दोलनको लागि टोले संगठनको तयारीमा लागेका छन् । नश्लवादी सत्ताभोगीहरु पालै–पालो शासन चलाउन व्यक्ति र दलगत स्वार्थमा लिप्त भएर समग्र देशलाई अस्थिरताको बाटोमा डो¥याएको छ । त्यसैले अब क्षणिक स्वार्थको लागि जिन्दावाद मुर्दावाद त्यागेर सत्यको पक्षमा आवज उठाउन, देशको पक्षमा आवाज उठाउन, आउने सन्तानको उज्ज्वल भविष्यको पक्षमा अवाज उठाउन एकजुट हुनु जरुरी छ ।

वलिदानी विर सपुतहरुको वलिदानमाथी राजनीतिक व्यवसाय गर्नेहरु सरकार र सदनमा जाँदै राजनीतिक भागबन्डा, भ्रष्टाचारमा साझेदारी र विकास निर्माणको योजनामा हिस्सेदरी खोज्ने बाहेक अरु केही गरेका छैनन् । विरोधको नाउँमा आफ्ना गुलाम रुपी युवा कार्यकर्ता र अभियन्तालाई सडकमा उतरी हात खुट्टा फुटाउनु र विपक्षी विरुद्धको आक्रोश रुपी मलहम लगाउँदै बलीको बोका जस्तै तयारी अवस्थामा रहन सजग बनाउँछ । चुनावको बेला सहिदको सपना, रोजगार, शिक्षा, स्वास्थ्य, सडक, संचार, विकास निमार्ण र देशको आवश्यक्ता सहितका हरेक कुरा याद आउँछ, जुन कुराको वाचा अघिल्लो चुनावमा गरेका थिए । के यो सही होइन ? अघिल्लो चुनावमा यीनका एजेन्डा यो भन्दा फरक थियो त ? यदि होइन भने एउटै कुराको लागि कहिले सम्म गुलामी गरि रहने । बाउ बाजेको पाला देखि छोरा नाती सम्मले एउटै मुखबाट एउटै कुरा वर्षौ देखि सुन्दै आइ रहेको छ । अब हाम्रो सन्ततीले फेरी उही कुरा सन्न नपयोस्, त्यसैले हामी युवालाई सचेत हुन आवश्यक छ ।
राजनीतिको नाउँमा पार्टीरुपी दरबार खोलेर जनतालाई कार्यकर्तारुपी गुलाम बनाइ वर्षौ देखि शासन गर्दै आइ रहेको छरपस्ट भएको छ । जनताले ठुलो आशाका साथ स्थिर सरकार कायम गर्न दुई तिहाईको भारी बहुमतले सांसदमा पठाएका थिए । तर, अढाई वर्ष नपुग्दै अपार जनमतको धज्जी उडाउँदै चुनावी घोषणा गरेका छन् । जनभावनालाई कुल्चिनेहरु फेरि शब्दरुपी मायाजाल बनाएर युवालाई फसाउन, उनीहरुको जीवन संग खेलबाड गर्न, टोल–टोल र गली–गलीमा ध्वनी प्रदुषण गर्न तमत्यार भएका छन् । इतिहासको दोबाटोमा उभिएर देशहितको कामना गर्ने सचेत युवाहरुलाई एकचोटि राष्ट्रहितको विषयमा गम्भीर समीक्षा गर्नु आवश्यक छ । क्षणीक स्वार्थको खातिर नेताहरुको पुच्छर समातेर आफ्नो जीवन अस्त–व्यस्त बनाउने की एकताको बल प्रयोग गरी विकाशको आकार दिने विषयमा ठोस निर्णय गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!