हिपमत डटकम

बुधबार, माघ १४, २०७७ || 818  पटक पढिएको

बझाङ । खुँडा प्रहार गरि एक युवकको हत्या भएको छ। मंगलबार बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या भएको हो ।उनीमाथि विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर फर्किने क्रममा खुँडा प्रहार भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताए।

छबिस पाथिभेरा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको शिक्षक अभिभावक संघको चुनाव सकेर घर फर्किने क्रममा भएको विवाद भएको थियो । प्रहरीका अनुसार घटनामा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपलिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत छन् । घटनामा प्रयोग भएको खुँडा प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!