लामाे समयदेखि नेपालमा राजनीतिक स्थिरता र विकासले गति लिन सकेकाे छैन । जतिसुकै शक्तिशाली प्रधानमन्त्री बनेर बालुवाटार प्रवेश गरेपनि परिणाम शुन्य नै देखिएकाे छ । पछिल्लो समय नयाँ बानेश्वरस्थित बि.आई सि.सि भवनलाई सांसद भबन बनाए पछि उक्त भवनबाट सबैभन्दा धेरै नेपालकाे आर्थिक स्थिति कमजाेर हुन पुग्याे ।

नेपालमा लामाेसमयदेखि वास्तुशास्त्रकाे खाेज तथा अनुसन्धानमा लागिरहेका वास्तुविद् सुरेशचन्द्र रिजाल “शिव”ले प्रधानमन्त्री तथा सांसद भवनकाे वास्तु नमिलेकाे कारणले गर्दा बारम्बार देशमा राजनितीक संकट देखा परिरहेकाे जानकारी गराएका छन् । देशकाे प्रगतिका लागि वास्तु मिलाउनु अपरिहार्य छ ।

वास्तु नमिल्दा भाग्य र कर्मबाट प्राप्त सफलता निस्कृय हुन पुग्दछ । हामीले सानाे- सानाे कुरा ख्याल नगर्दा त्येसकाे परिणाम सकारात्मक भन्दा पनि नकारात्मकतामा वृद्धि हुँदै जान्छ र त्यसले समग्र क्षेत्रमै प्रभाव पारिरहने वास्तुविद्ले जानकारी गराएका छन् ।

वास्तुशास्त्रले जग्गाकाे बनावट तथा उच्चाईकाे आधारमा काम गर्ने गर्दछ । हाम्राे देश नेपालमा हिमाल,पहाड र तराई गरि तीन भागमा बिभाजन भएकाे भुमि छ । त्येसैले वास्तु शास्त्रले उच्चाईकाे आधारमा काम गर्ने भएकाले काठमाडौ पहाडी भूबनाेटमा बनेकाे जग्गा हाे । वरिपरि पहाड र बिच्चमा खाल्टाे अर्थात कचाैरा आकारमा बनेकाे भूमि हाे ।

यस्ताे जग्गकाे लागि छुट्टै प्रकारकाे वास्तुशास्त्रकाे नियम लागुहुने गर्दछ । पछिल्लो समयमा वास्तु मिलाए भवन बनाउने प्रचलन बढ्दै गएता पनि पुराना संरचना वास्तुसंम्बत नमिलेकाे उनकाे तर्क छ । प्रधानमन्त्री वस्ने बालुवा टारकाे भवन पनि मिलेकाे छैन । प्रधानमन्त्री निवासको छेउछाउकाे उर्जा एकदमै कमजाेर छ।

जतिपनि प्रधानमन्त्री बनेर बालुवाटार प्रवेश गरे पनि निस्कने बेला अपजस, आलाेचना तथा राेगी भएर निस्कने गरेकाे विगतका प्रधानमन्त्री हरुकाे इतिहास बाट पनि अनुमान लगाउन सकिन्छ । कतिपय अवस्थामा स्थानान्तरण गरेपछि पनि राम्राे भएका धेरै उदाहरण छन् ।

विशेषगरी उत्तर या पूर्वी दिशातर्फ प्रधानमन्त्री निवास र सांसद भवन सारेमा नेपले गतिलो लिडर पाउने रिजालकाे तर्क छ । अहिलेकाे सांसद भवनपनि राउन आकारमा बनेकाले पनि शुभ छैन यस्ताे भवनमा बसाेबास गर्नेलाई अपमान,तिरस्कार आर्थिक नाेक्सानि बहेक केहि प्राप्त नहुने उल्लेख गरिएको छ ।

वास्तुका हिसाबले राउन आकारमा बनेकाे भबनबाट शुभ भन्दा पनि अशुभ फल नै हुने शास्त्रमा उल्लेख गरिएको छ । स्थायी शान्ति र दिगाे विकाशका लागि वस्तुसम्बत भूमिमा बसेर काराेबार गर्नु अपरिहार्य छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!