हिपमत डटकम

बुधबार, माघ १४, २०७७ || 885  पटक पढिएको

भारतमा किसानको ट्रयाक्टर परेडको क्रममा भएको हिंसामा ८३ प्रहरी घाइते भएको दिल्ली प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घाइते भए प्रहरी अधिकारीमाथि आन्दोलनकारी किसानले हमला गरेको दाबी गरेका छन् । समाचार एजेन्सी एएनआईले दिल्ली प्रहरीका प्रवक्ता ईश सिंघललाई उद्धृत गर्दै भनेको छ, ‘केही स्थानमा प्रदर्शनकारी हिंस्रक भए । हिंसामा प्रहरी अधिकारी घाइते भए र सार्वजनिक सम्पत्तिको पनि हानी भयो ।’

एएनआईले एक भिडियो जारी गरेको छ जसमा लाल किलेमा प्रदर्शनकारी र प्रहरीबीच झडप देखिएको छ ।
https://twitter.com/ANI/status/1354088807424028673

दिल्ली प्रहरीका जोइन्ट कमिश्नर आलोक कुमारले प्रहरीमाथि हमला गर्नेमाथि कारवाही हुने जानकारी दिएका छन् । उता संयुक्त किसान मोर्चले केही असामाजिक तत्वले उनीहरुको आन्दोलनमा घुसपैठ गरेका दाबी गरे ।

किसान मोर्चाले बेलुकाको परेड तत्काल समाप्त गर्ने घोषणा गरिदिए तर उनीहरुको आन्दोलन जारी रहने जानकारी दिए ।

यस्तै, परेड समाप्त भइसकेपछि पनि केही किसान ट्रयाक्टरमा सवार भएर दिल्लीको लाल किलातर्फ जाँदै गरेको देखिएको बीबीसी हिन्दीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!