मंगलबार, माघ १४, २०७६ || 828  पटक पढिएको

हिपमत डटकम
जनकपुर , १४ माघ : साउदी अरेबियामा मृ’त्युद’ण्डबाट जोगिएन स्वदेश फर्किएका धनुषाका उमेश यादवले झण्डै १४ वर्षपछि आफ्ना श्रीमती र छोराहरुलाई भेटेका छन्। स्वदेश फ’र्किएपछि जनकपुर विमानस्थलमा ओ’र्लिएका उमेशले श्रीमती र परिवार देख्दा आफूलाई स’म्हाल्न सकेनन्। श्रीमती सञ्जु उस्तै भाव’विह्वल बनिन् र छोराहरुको आँ’खामा समेत आँ’शु था’मिएन।

१३ वर्ष बढी समय पर्खाइमा बिताएकी उमेशकी श्रीमती सञ्जु आफ्ना दुई छोराहरु कमलेश र हितेशसँगै जनकपुर विमानस्थलमा उनलाई प’र्खिरहेका थिए। उनीसँगै उमेशका भतिजाहरु, जेठो साढु राजकरण यादव, सासू दुर्गीदेवी र आफन्तजन समेत उमेशको स्वागतका लागि विमानस्थल पुगेका थिए।

उमेश झ’र्नुअघि नै विमानस्थल पुगेकी श्रीमती सञ्जुले भनिन्, ‘श्रीमान् आइपुग्नुभयो, योभन्दा ठूलो केही छैन।’ अब श्रीमानसँगै बसेर छोराहरुलाई पढाउने उनको अबको योजना छ।

१७ दिनको छोरा छोडेर विदेशिएका थिए उमेश
उमेश १३ वर्षअघि अर्थात् सन् २००६ मा साउदी अरेबिया जाँदा छोरा हितेश १७ दिनको मात्रै थिए। जेठा छोरा कमलेश यादव चार वर्ष पुगेका थिए। उमेश विदेश गएपछि जे’लमा परे। श्रीमती सञ्जु यादव माइत गइन्।

उमेशको घर धनुषाको कमला नगरपालिका ५, पर्सामा हो। ससुरालीचाहिँ सिरहाको कर्जन्हा नगरपालिका ७, मरेवा टोल हो। सञ्जु माइतमा ८ वर्ष बसिन्। छोराहरु दुवैलाई माइतमै लगिन्। सञ्जु त्यतिबेलाको अवस्था सम्झि’न्छिन्, ‘सासूससुराले बस्छौ भने बस माइत जान्छौ भने जाऊ भने, त्यसपछि छोराहरु लि’एर माइत गएँ।’

छोरा पढाउन मजदुरी- माइतमा ८ वर्ष बसेपछि छोराहरुलाई पढाउन सम’स्या भयो। त्यहाँबाट धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा आफ्नो भिनाजु राजकरण यादव थिए। उनी त्यहीँ बस्नथालिन्। मजदुरको काम गरिन्। दुवै छोरालाई पढाउन थालिन्।

अहिले जेठो छोरा १७ वर्ष र कान्छो १३ वर्षका छन्। कमलेश अहिले कक्षा ८ मा महेन्द्रनगरकै प्रगति शिशुसदन बोर्डिंग स्कुलमा पढ्छन्। हितेशचाहिँ सरस्वती बोर्डिंग स्कुलमा कक्षा ३ मा पढिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!