सप्ताहको तेस्रो दिन मंगलवार नेप्से कारोबार शून्य दशमलव सात तीन प्रतिशतले ओरालो लागेको छ । १७.७९ अंकले तल झरेको कारोबार २४२३.०९ मा बन्द भएको छ । यस कारोबारमा सेन्सेटिभ इन्डेक्स समेत ४.५८ अंकले तल झर्दै ४४७.२४ मा बन्द भएको छ ।

बजारको शुरुवात २४६२.२८ बिन्दुबाट भए पनि लगातार ओरालो लागेर २४२३.०९ मा झरेको छ । २०७ कम्पनी सहभागी भएको यस बजारमा १ करोड ९६ लाख ०६ हजार ५५५ को शेयर ट्रेड भएको छ । ८ अर्ब २७ करोड ९७ लाख ०१ हजार ०७७ को टर्नअभर भएको यस बजारमा होटल, फाइनेन्समा हरियो देखिए पनि अन्य सबै क्षेत्र रातोमय देखिएको छ ।

मंगलवार सर्वाधिक एन एल आइ सी १ अर्ब ४५ करोड ०७ लाख ६३ हजार ७२५, एन बी एल ५२ करोड ५३ लाख २८ हजार ४६९, एस आइ सी एल २३ करोड १७ लाख ८९ हजार ५६९, एन आर आइ सी २० करोड ०४ लाख ६९ हजार ७५३, एन टी सी १६ करोड ४४ लाख ६४ हजार ५५१ को कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!