हिपमत डटकम

मंगलबार, माघ १३, २०७७ || 840  पटक पढिएको

संसारमा असंख्य गुफाहरु छन् र धेरै गुफाहरु निकै विचित्र पनि छन् । तपाईंलाई संसारको सबैभन्दा ठूलो गुफाको बारेमा थाहा छ ? यो गुफा यति ठूलो छ कि यसभित्र कैयन् गगनचुम्बी महलहरु बनाउन सकिन्छ ।

भियतनामको जंगलमा अवस्थित उक्त गुफाको नाम सोन डोंग हो । उक्त गुफाको आकार यति ठूलो छ कि त्यसभित्र ४० तले अग्ला भवनहरु समेत बनाउन सकिन्छ ।

सोन डोंग गुफाको कूल लम्बाई ९ किलोमिटर छ । त्यसभित्र फरक फरक डेढ सय गुफाहरु छन् । उक्त गुफाभित्र जंगलमात्र नभई नदीसमेत छन् ।

लाखौँ वर्षअघिको यो गुफा पहिलोपटक सन् २०१३ मा पर्यटकहरुका लागि खोलिएको हो । यो गुफामा हरेक वर्ष केवल अढाई सय देखि ३ सय जना सम्मलाई मात्र प्रवेश दिइन्छ ।

हो खानह नामका व्यक्तिले सन् १९९१ मा यो गुफा पत्ता लगाएका थिए । तर त्यस समय पानीको भयंकर आवाज तथा गुफाभित्रको घोर अँधेराको कारण त्यसभित्र जाने हिम्मत कसैले पनि गरेको थिएन ।

अन्तराष्ट्रियस्तरमा सन् २००९ मा उक्त गुफालाई पहिचान प्राप्त भएको थियो जब बि्रटिस रिसर्च एसोसिएसनले पहिलोपटक उक्त गुफाको दृश्य दुनियाालाई देखाएको थियो ।

पछि सन् २०१० मा वैज्ञानिकहरुले एउटा २ सय मिटर अग्लो पर्खा जसलाई भियतनामको पर्खाल पनि भनिन्छ । उक्त पर्खाल पार गरेर मात्र गुफा भित्र जाने बाटो पत्ता लगाइएको हो ।

हरेक वर्ष पर्यटकहरु अगष्ट महिना अगावै उक्त गुफामा प्रवेश गरेर निस्कि सक्नुपर्दछ । किनकी त्यसपछि गुफाभित्रको नदीकमा जलस्तर बढ्दछ । गुफा प्रवेशको खर्च पनि अचाक्ली छ । गुफा प्रवेश शुल्क ३ लाख रुपैयाँ भन्दा बढि रहेको छ ।

गुफाभित्र जाने पर्यटकका लागि छ महिनाको तालीम दिइन्छ । कम्तिमा पनि १० किलोमिटर हिड्ने तथा ६ पटक रक क्लाइम्बिंग गर्न सकिन्छ । त्यसमा पास भएपछि मात्र गुफाभित्र लगिन्छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!