हिपमत डटकम

मंगलबार, माघ १३, २०७७ || 527  पटक पढिएको

चेल्सीलाई अघि बढाउने अवसरबाट विमुख गराइँदा आफु स्तब्ध भएको प्रतिक्रिया फ्रयाङ्क लाम्पार्डले दिएका छन् । चेल्सीले शनिबार लाम्पार्डलाई प्रशिक्षक पदबाट बर्खास्त गरेको थियो । उनी १८ महिनाअघि प्रशिक्षक नियुक्त भएका थिए ।

त्यसअघि चेल्सीमा उनको खेलाडी जीवन निकै सफल रह्यो । उनी क्लबका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । २००१ देखि २०१४ सम्म खेलाडीका रुपमा चेल्सीमा बिताउँदा लाम्पार्डले २ सय ११ गोल योगदान गरेका थिए । तर चेल्सीका मालिक रोम अब्राभोमिकको हायर एन्ड फायर शैलीमा यो योगदान पनि प्रतिरोधी साबित भएन ।

लाम्पार्डको बर्खास्तीपछि विज्ञप्ति निकाल्दै अब्राभोमिकले व्यक्तिगत रुपमा आफ्नो सम्बन्ध निकै राम्रो रहेको र भविष्यमा पनि क्लबमा न्यायो स्वागत गर्ने बताएका थिए । त्यसयता, सोमबार आफ्नो इन्स्टाग्राममार्फत लाम्पार्डले पनि जवाफ फर्काएका छन् । ‘चेल्सीको प्रशिक्षक सम्हाल्नु निकै ठूलो र सम्मानको विषय हो ।

यो क्लब लामो समयदेखि मेरो जीवनको ठूलो हिस्सा रहँदै आएको छ । म सबैभन्दा पहिले आफ्नो कार्यकालका १८ महिनामा पाएको न्यानो मायाका लागि समर्थकहरुलाई धन्यवाद् दिन चाहन्छु । मलाई यसको महत्व कति थियो भनेर उनीहरुले बुझ्छन् भन्ने मलाई थाहा छ ।’

लाम्पार्ड नियुक्त हुँदा चेल्सीमाथि ट्रान्सफर प्रतिबन्ध थियो र इडेन हाजार्डले क्लब छाडे । गत सिजन चेल्सीले चौथो स्थानमा रहेर लिग टुङ्ग्यायो । यस सिजन १९ खेल खेलेको चेल्सी २९ अंकसहित नवौं स्थानमा छ । शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडले समान खेलबाट ४० अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!