गणेश कुमार ठाकुर

मंगलबार, माघ १३, २०७७ || 528  पटक पढिएको

विगत तीन दिनदेखि बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण सिरहा जिल्लाको विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो ।
माघको मध्य समयमा आएर एक्कासी चिसो बढ्दा विशेष गरेर बृद्धबृद्धा र बालबालिकाहरू बढी प्रभावित भएका छन् ।

निरन्तरको चिसो,कठ्याङ्ग्रिँदो हावा,शीतलहर,हुस्सु र बाक्लो कुहिरोका कारण वातावरण बिग्रेर मानिस,चौपाया पशु,पक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण अहिले सिरहाको जिल्लाको सदरमुकाम मिर्चैयासहित जिल्लाको शहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने जिल्लावासी बाक्लो कुहिरोका कारण यातयातका साधन चढ्न छोडेका छन् ।

चिसो छल्न तराइका आसपासका बासिन्दाहरु ग्रामीण क्षेत्रमा घर अगाडि र चोकचोकमा आगो बालेर बसेको दृष्यहरु सहजै हेर्न सकिन्छ । यसवर्षकै सबैभन्दा चिसोको महसुश भएको सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. ६ का बासि अजय यालबले बताएका छन । त्यसै गरि सिरहा जिल्लाको चोहेर्वा,गोलबजार,लहान,सुख्खिपुुर,बरियारपट्टी,विष्णुपुर, कल्यणपुर,मिर्चैया सहित विभिन्न ठाउँँमा चिसो हब्बाले अचानकबढेको चिसोले ,जनजीवन प्रभावित भएको हो । चिसोको कारण न्यानो कपडा पसलहरुमा भिड लाग्न थालेको र अस्पतालमा रुघाखोकी,निमुनिया,ज्वरो,दमको विरामिको चाप वधेका देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!