हिपमत डटकम

मंगलबार, माघ १३, २०७७ || 666  पटक पढिएको

भारतलाई संसारको सबैभन्दा ठूलो गणतन्त्र पनि भनिन्छ, किनकी भारतको संविधान संसारको सबैभन्दा ठूलो लिखित संविधान हो । भारतीय संविधानमा ४ सय ४८ अनुच्छेद र १२ अनुसूची छन् । भारतमा संविधान बनाउन दुई वर्ष ११ महिना र १८ दिन लागेको थियो । यस संविधानलाई लेख्न ६ महिना लाग्यो ।

यो संविधानको मुल प्रति प्रेम बिहारी नारायण रायजादाले आफ्नै हातले लिपिवद्ध गरेका थिए ।

पैसा लिएका थिएनन्
प्रेम बिहारी नारायण रायजादा पेशाले कैलीग्राफिस्ट थिए । उनले आफ्ना हजुरबासँग कैलिग्राफी सिकेका थिए । भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले रायजादालाई भारतको संविधान लिपिवद्ध गर्ने जिम्मेवारी लिएका थिए ।

जब उनलाई तलबबारे सोधिएको थियो, तब उनले कुनै पैसा नलिने बताएका थिए । संविधानलाई लिपिवद्ध गर्न ६ महिना लाग्यो र यसदौरा २ सय ५४ वटा कलमका निब प्रयोग भएका थिए । यी निबहरु इङल्यान्डबाट मगाइएको थियो ।

संविधान लेख्नका लागि रायजादाले तलब अस्विकार गरेपनि एउटा शर्त भने राखेका थिए । संविधानका हरेक पृष्ठमा आफ्नो नाम लेख्ने र अन्तिम पृष्ठमा आफ्ना हजुरबाको नाम लेख्न उनको शर्त थियो ।

संविधानको मुल प्रतिको वजन
भारतीय संविधान लेख्नका लागि पुनाबाट कागज झिकाइएको थियो । इट्लिक शैलीमा लेखिएको संविधानलाई लिपिवद्ध गर्ने क्रममा रायजादाले एक पनि गल्ती गरेनन् । यस संविधानको लम्बाई २२ इन्च र चौडाई १६ इन्च छ । भारतीय संविधानको अगाडिको पृष्ठमा लेदरको गाता लगाइएको छ । भारतीय संविधानको मुलप्रतिको वजन ३ दशमलव ७५ किलोग्राम छ । भारतको संविधान लेख्नेक्रममा अमेरिका, बेलायत, आयरल्यान्ड, अस्ट्रेलिया, जर्मनी, फ्रान्स र रुससँग पनि मद्दत लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!