खबर ठुलो छ

समय पछाडि फर्केर पनि दौडिरहन्छ, विशेषतः जब कुरा मानव विकास क्रम र त्यसको बसाइसराइको वर्णन गर्ने सन्दर्भ आउँछ । अफ्रिकाबाहिर भेटिएको सबैभन्दा पुरानो अवशेष हेर्दा मानव पुर्खाहरुले २ लाखभन्दा पनि अगाडि नै त्यस महादेश छाडेको हुनसक्ने संकेतहरु मिल्छन् ।

सन् २०१७ लाई तपाईं मानवोत्पत्ति र बसाइसराइका सन्दर्भमा परम्परागत अवधारणाहरुलाई गर्ल्यामगुर्लुम ढलेको वर्षको रुपमा सम्झन सक्नु हुनेछ । यसका लागि त्यस वर्षमा फेला परेका अत्यन्तै भारी पुरातात्विक एवं जीवाशेषसम्बन्धी प्रमाणहरुलाई धन्यवाद दिनैपर्ने हुन्छ । हाम्रा प्रजाति (वर्तमान मानव प्रजाति) हामीले सोचेका भन्दा झनै पुराना हुन् र उनीहरुल आफ्ना पुर्खाहरुको महादेश अफ्रिकालाई यसअघि हामीले विश्वास गर्दै आएका समयभन्दा अगावै छाडेर बसाइँसराइ गरेका थिए । जीवाशेष विशेषज्ञहरुले औपचारिक रुपमा मानिसले अफ्रिका छाडेको समयावधिबारे पुनरावलोकन गरिनुपर्ने माग गरेको एक महिना नबित्दै इजरायमा भेटिएका एक प्रमाणले त्यो मितिलाई अझै पछाडि धकेलेर पुन:मूल्यांकन गर्नुपर्ने देखायो ।

गत वर्ष मोरक्कोको जेबेल इरहोउडमा भेटिएको ३ लाख वर्ष पुरानो अवशेषले आधुनिक मानव प्रजाति होमो सेपियन्सको उदय अहिलेसम्म सोचिँदै आइएको समयभन्दा पनि कम्तिमा १ लाख वर्षअघि नै भएको प्रमाणित गरेको थियो । मोरक्कोमा भेटिएका जीवाशेष र इथियोपियाका हेर्तो र ओमो किविसमा भटिएका तथ्यहरुले वर्तमान मानव प्रजाति केवल २ लाख वर्षअघिमात्रै विकास भएको थियो भन्ने पुरातनवादी सोचलाई चकनाचुर पारिदिएका छ ।

धेरैजसो प्राग–मानवशास्त्रीहरु अफ्रिकामा वर्तमान मानव प्रजातिको उदयबारेको यो नयाँ मितिसँग सहमत भएका छन्, यद्यपि अझै पनि सानो संख्यामा खोजकर्ताहरु मानिसको विकास अफ्रिकाबाहिर भएको तर्क गर्छन् ।

वर्तमान मानव प्रजातिको उदय अफ्रिकामै भएको थियो भनेर सहमत हुनेहरुबीच पनि कहिले अफ्रिका महादेश छाडेर युरासिया क्षेत्रतर्फ मानव समुदाय फैलियो भन्ने विषयमा फरक–फरक मान्यता प्रचलित छ । दशकौंसम्म आधुनिक मानव पुर्खाको बसाइसराइको शुरुवात ४० हजारदेखि ६० हजार वर्षअघि भएको मान्यता राख्ने परम्परागत सोचाइ कायम रह्यो ।

समयसँगै यो परम्परागत मान्यता तोडियो । २० औं शताब्दीमा इजरायलमा भेटिएका जीवाशेष तथा कलाहरुले स्वत यो देखायो कि मानिसहरु उक्त क्षेत्रमा १ लाख १५ हजार वर्षअघिदेखि रहँदै आएका छन् । चीनका थुप्रै क्षेत्रहरुले आधुनिक मानिसहरु ८० हजारदेखि १ लाख २० हजार वर्षअघि नै पूर्वी एशियामा आइसकेका हुनसक्छन् । त्यसै गरी, अस्ट्रेलियामा भेटिएका हज्जारौं कलाहरुले पनि उक्त क्षेत्रमा आधुनिक मानव ६५ हजार वर्ष अगाडि नै त्यहाँ पुगिसकेको संकेत गर्छ ।

अफ्रिकाबाहिर अन्य देशमा भेटिएका अरु पुराना जीवाशेषहरुको लहरमा इजरायलको मिस्लिया गुफामा भेटिएको मानिसको माथिल्लो बंगाराको हड्डीको टुक्राका अवशेष मिसिन आइपुगेको छ । र, यो नयाँ भेटिएको तथ्य झनै पुरानो छ ।

मिस्लिया– १ को नामले चिनिने, थुप्रै दाँतहरु अझै सुरक्षित रहेका माथिल्लो बंगाराको यो एउटा खण्डित हिस्सा १ लाख ७७ हजारदेखि १ लाख ९४ हजार वर्ष पुरानो हुनसक्ने बताइएको छ । पुराना जीवाशेषहरुको मिति निर्धारण गरिने तीन भिन्न पद्दतिहरु : युरायिनम–थोरियम, युरानियम सिरिजहरुका संयोजन तथा इलेक्ट्रोन स्पिन रेसोनेन्सहरुबाट यो समयसीमा तय गरिएका हुन् । त्यसका नजिक फेला परेका औजारहरु पनि सोही समयको आसपास रहेको कुरा थर्मोल्युमिनेसेन्स प्रविधिबाट तय गरिएका छन् । यो मितिको निर्धारणले मिस्लिया– १ अफ्रिकाबाहिर फेला परेका सबैभन्दा पुराना तथा इथियोपियाका हेर्तो र आमोमा भेटिएका मानव अवशेषका समकालीन मानिएका छन् । मिस्लिया–१ अफ्रिकाबाहिर भेटिएको सबैभन्दा पुरानो मानव अवशेष हो । यसले हामीले सोचेभन्दा निकै अघि मानिसले मूल थातथलो अफ्रिका छाडेका रहेछन् भन्ने कुराको संकेत गर्छ । महत्वपूर्ण कुरा के हो भने, मिस्लिया–१ का सम्पूर्ण चरित्रहरु शरीर विज्ञानका हिसाबले आधुनिक मानवसँग धेरै मिल्दाजुल्दा छन्, तिनीहरुका कुनै पनि लक्षण नियन्डरथल्स र अरु प्राचीन मानवहरुसँग मेल खाँदैनन् ।

मिस्लियासँगै भेटिएका ढुंगे औजारहरु लेभाल्लोइस प्रविधि (Levallois technology) भनिने अहिलेसम्म भेटिएका प्रागऐतिहासिक रेकर्डअनुसारका औजार निर्माणका –विशेषतः नेण्डरथलस मानवहरुले अपनाएका) सबैभन्दा जटील खालका तौरतारिकासँग सम्बन्धित छन् । यो तरिकामा औजार निर्माताले कोर भनिने ढुंगालाई आकार दिने तरिकाको ज्ञान हुनु जरुरी छ । वास्तविक औजार त्यसको मुख्य भागबाट निर्माण गरिन्छ । यो तरिकाले औजारलाई निश्चित कसिमको आकार दिन सम्भव हुन्छ । यो तरिका खुर्कनेदेखि टाढासम्म प्रहार गर्न सकिने थुप्रै वस्तुहरु निर्माण गर्न प्रयोग गरिन्थ्यो ।

लेभाल्लोइस प्रविधिका बारेमा रोचक कुरा के छ भने युरोप, अफ्रिका र एशियामा भेटिएका यो प्रविधिका हतियारहरुमा एक अर्कामा धेरै समानताहरु पाइएका छन् । यस आधारमा केही अनुसन्धानकर्ताहरु त के विश्वास गर्छन् भने औजार निर्माणका त्यसबोलाका प्रविधिहरु एकापसमा प्रदर्शन गरेर तथा बोलिने भाषाका माध्यमबाट समेत सिकाइन्थ्यो ।

यस प्रविधिअन्तर्गत निर्माण भएका ढुंगे हतियारहरु त्यसअघि पनि मिस्लिया गुफाका वरिपरि भेटिएका थिए । त्यस नजिकका पुरातात्विक क्षेत्र ताबुनमा पनि उक्त प्रविधिबाट निर्माण भएका करिब १ लाख ९० हजारदेखि २ लाख ६० हजार वर्ष पुराना मानिएका ढुंगे औजारहरु फेला परेका थिए । तर आजसम्म पनि उक्त क्षेत्रमा आधुनिक मानवका प्रागऐतिहासिक जीवाशेष चाहिँ फेला परेका छैनन् । त्यसबाहेक, मोरक्कोका जेबेल इरहाउड (Jebel Irhoud) मा पनि लेभाल्लोइस प्रविधिका आधारमा निर्माण भएका अनुमानित ३ लाख १५ हजार वर्ष पुराना औजारहरु फेला परेका छन् ।

स्रोतः डिस्कभर म्याग्जिन

मंगलबार, माघ १३, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया