हिपमत डटकम

सोमबार, माघ १२, २०७७ || 661  पटक पढिएको

अमेरिकी राजदूत र्‍यान्डी बेरीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । नेकपाको प्रचण्ड– माधव नेपाल समूहका अध्यक्ष प्रचण्डसँको भेटमा नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकता बारेमा कुराकानी भएको राजदूत र्‍यान्डी बेरी जानकारी दिए ।

सोमबार राजदूत बेरीले प्रचण्डको निवास खुमलटारमा पुगेर उनीसँग भेटवार्ता गरेका हुन् । राजदूत बेरीले भेटपछि ट्वीटरमा लेखेका छन्, ‘नयाँ अमेरिकी राष्ट्रपति प्रशासनको प्राथमिकताहरु बारे छलफल गर्ने शृंखलाबद्ध भेटवार्ताका क्रममा मैले दाहाललाई भेटेको हुँ । मैले लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनको विरुद्ध लड्ने र विश्वभर महिला र केटीहरुको अधिकारको उत्थान गर्ने अमेरिकी प्रतिबद्धता दोहोर्‍याएको छु ।’

अमेरिकी राष्ट्रपति बाइडेनले सपथ खाए लगतै राजदूत बेरीले माघ ८ गते बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । प्रचण्डसँगको भेटवार्तालाई पनि त्यसैको निरन्तरताका रुपमा भएको उल्लेख गरेका छन् । यस्तै प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटनको निर्णयपछि उत्पन्न राजनीतिमा अन्योलताबारे पनि कुराकानी भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!