हिपमत डटकम

सोमबार, माघ १२, २०७७ || 528  पटक पढिएको

विश्वको सर्वोच्च शिखर सगरमाथा पछिको दोस्रो ठूलो हिमश्रृङखला केटु को सफल आरोहण गरेर फर्किएका नेपालीहरुको भव्य स्वागत हुने भएको छ । पाकिस्तान स्थित कारकोरम रेन्ज अन्तरगतको ८ हजार ६ सय ११ मिटर अग्लो हिमालको सफल आरोहण गरेर फकिएका १० नेपाली टोलिलाई पर्यटन बोर्ड रहिमाल आरोही संघले भव्य स्वागत गर्ने भएको हो ।

मंलबार स्वदेश फर्कदै गरेको उक्त टोलिलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गर्ने कार्यक्रम रहेको पर्यटन बोर्डका मिडिया को–अर्डिनेटर श्रेया श्रेष्ठले जानकारी दिइन् । मंगलबार बिहान साढे ८ बजे स्वदेश फर्किदै गरेका हिमाल आरोहणका टोलीलाई विमानस्थलमै स्वागत गर्ने र मोटरसाइकल र्यालीसहित ठमेल जाने कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिइन् ।

ठमेल सञ्चयकोष अगाडिबाट शुरु हुने प्रभातफेरी कार्यक्रम जेपी रोड, होटल वैशाली हुँदै लैनचौरको स्काउट ग्राउण्ड, मल्ल होटलमा कोणसभामा परिणत हुने कार्यक्रम रहेको जानकारी दिइन् । र्याली लगत्तै बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट आरोही टोलीलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिइन् ।

गत माघ ५ गते १० नेपाली टोलीले केटुको सफल आरोहण गरेर नयाँ कीर्तिमान राखेका थिए । यसअघि विभिन्न देशका आरोहीहरुले पटक–पटक केटु आरोहण गर्न खोजे पनि सफल हुने सकेका थिएनन् । केही समयअघि मात्र केटु आरोहण गर्न खोजेका एक स्पेनी नागरिक पर्वतारोहणकै क्रममा चिप्लिएर मरेका थिए । त्यसो त केटु खतरापूर्ण हिमालहरु मध्येको एक मानिन्छ । विश्वकै दोस्रो उच्च हिमालको रुपमा रहेको केटु सगरमाथा भन्दा करिब २ सय मिटर जतिमात्र कम उचाईमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!