मंगलबार, माघ १४, २०७६ || 1066  पटक पढिएको

हिपमत डटकम
काठमाडौं , १४ माघ :नेपाली चलचित्रमा अहिलसम्मकै धेरै सिक्वेल बनेको ‘नाईं नभन्नू ल’ को छैठौं सिरिज निर्माण हुने भएको छ । चैतबाट छायांकन सुरु हुने चलचित्रका लागि अहिले निर्देशक विकासराज आचार्य कलाकार छनोटमा लागेका छन् । चलचित्रमा दोस्रो पटक अनुभव रेग्मी र सेड्रिना शर्माको जोडी बाँधिएको छ । यसअघि उनीहरुले यही चलचित्रको पाँचौ श्रृंखलामा सँगै काम गरेका थिए । चलचित्र ‘नाईं नभन्नू ल’ को दोस्रो श्रृंखलाबाट अनुभव छुटेका छैनन् । उनी बिना यो चलचित्रको सिरिज अधुरो मानिन्छ । त्यस्तै, सेड्रिनाले ‘नाईं नभन्नू ल ५’ मा लोभलाग्दो काम देखाएकी थिइन् ।

हाल भारतमा बसेर अध्ययन गरिरहेकी उनले दोस्रो चलचित्र पनि आफूलाई ‘स्टार’ बनाएको ‘नाईं नभन्नू ल’ कै छैठौं सिरिज रोजेकी छन् । उनलाई पर्दामा हेर्न दर्शकहरु प्रतिक्षा गरिरहेका छन् । चलचित्र ‘नाईं नभन्नू ल ६’ को कथा निर्देशक विकासराज आचार्य र सामिप्यराज तिमल्सिनाले मिलेर लेखिरहेका छन् । चलचित्रको दुई सेड्युलमा छायांकन हुने लेखक सामिप्यले बताए । उनले भने, ‘सेड्रिनाका कारण चलचित्रको दुई सेड्युलमा छायांकन हुनेछ । उनी जेठमा पढाइ सकेर नेपाल आएपछि दोस्रो चरणको छायांकन हुनेछ ।

त्योभन्दा अगाडि अरु कलाकारको सिन खिचिनेछ ।’ ‘नाईं नभन्नू ल ६’ मा अभिनेता सलोन बस्नेतको पनि अभिनय रहेको जानकारी प्राप्त छ । तर, दोस्रो पार्टदेखि यथावत रहेकी अभिनेत्री प्रियंका कार्की भने छैठौं सिरिजमा हुने सम्भावना न्यून रहेको बुझिएको छ । यसपटक चलचित्रमा तीन अभिनेत्री र एक अभिनेता हुनेछन् । तीनमध्ये एक अभिनेत्री भने नयाँ हुने निर्देशक आचार्यले बताए । अभिनेता पनि नयाँ खोज्ने उनको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!