दिन सोमवार नेप्से करोबार १६.०४ अंक वृद्धि भएर २४४०.८७ मा बन्द भएपनि सेन्सेटिभ इन्डेक्स ०.२४ अंकले तल झरेको छ । २४५०.६७ अंकबाट शुरु भएको बजार दिन भरि ओरालो उकालो गर्दै २४४०.८७ मा बन्द भएको छ ।

२०८ कम्पनी सहभागी भएको यस बजारमा ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३१ को कारोबार भएको हो । यस दिन १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता शेयर कारोबार भएको छ । बैकिङ्ग, ट्रेडिङ्ग, ननलाइफ इन्सोरेन्स, अदर्श र मिच्वल फण्डमा हरियो देखिए पनि अन्य सबैक्षेत्र रातोदेखिएको छ ।

आइतवारको कारोबारमा ६ वटा कम्पनीको वृद्धि दर ९ प्रतिशत भन्दा बढी र ४ वटा कम्पनीको वृद्धिदर १० प्रतिशत रहेको थियो भने सोमवार ५ कम्पनिको वृद्धि दर ९ प्रतिशत र एक मात्र सी आइ टी को बृद्धि दर १० प्रतिशत रहेको छ । यस दिन सर्वाधि कारोबार भएको क्षेत्र मध्ये कमर्सियल बैंक २ अर्ब ९३ करोड ४८ लाख ५३ हजार ३७८, ननलाइपल इन्सोरेन्स १ अर्ब २७ करोड ३४ लाख ३६ हजार ४९६, लाइफ इन्सोरेन्स १ अर्ब २५ करोड ७३ लाख ५९ हजार ६६४, माइक्रोफाइनेन्स १ अर्ब ०९ करोड ३३ लाख ६२ हजार २२३, हाइड्रो पावर ८० करोड २६ लाख ३९ हजार ८०५ को भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!