हिपमत डटकम

सोमबार, माघ १२, २०७७ || 585  पटक पढिएको

हवाइजहाजको आकाश यात्रामा सधैं व्यस्त रहने नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का पाइलट पदमार्ग सफाइमा जुटेका छन् । कोभिड–१९ महामारीको सङ्क्रमण तीव्र रहेका बेला उद्धार उडानमा व्यस्त बनेका निगमका पाइलट, क्याबिन क्रू, इञ्जिनीयर, फ्लाइट डिपाचरलगायतका उड्डयनकर्मी फरक भूमिकासहित सफाइमा उत्रिएका हुन् ।

उड्डयनकर्मीले शनिबार थानकोटदेखि भालेश्वर मन्दिर जोड्ने पुरानो चन्द्रागिरि पदमार्ग सफाइ गरेका छन् । निगमको अपरेशन विभाग प्रमुख क्याप्टेन दीपुजुहार्चनसहितका उडानकर्मीले पदमार्ग सफाइ गरेको निगमले जनाएको छ । राष्ट्रिय ध्वजाबाहक भएको नाताले निगमले अरु विभिन्न कार्यमार्फत सामाजिक उत्तरदायित्वको कार्यक्रमलाई निरन्तरता दिइने क्याप्टेन जुहार्चनले बताए । अहिले निगमको अन्तरराष्ट्रिय गन्तब्यमा उडानको चाप पनि कम छ । फुर्सदिलो समयको सदुपयोग गर्दै निगमका उडानकर्मीले सामाजिक उत्तरदायित्व बहन गरेका हुन् ।

उनीहरुले मेडिकल मास्क र पञ्जा लगाएर थानकोटको फेदीबाट चन्द्रागिरि डाँडासम्म करीब पाँच घण्टा सफाइ कार्यमा जुटेका थिए । सफाइका क्रममा झण्डै दुई क्विन्टल हाराहारी फोहर पदमार्गबाट उठाइएको सफाइ अभियानका संयोजकसमेत रहेका क्याप्टेन जुहार्चनले जानकारी दिए । प्लास्टिक, चकलेटका खोस्टा, फास्टफुड खानेकुराका प्लास्टिक, पानीका बोतल, मदिराका बोतललगायत बेवारिसे अवस्थामा फालिएका फोहर व्यवस्थापन गरिएको थियो ।

डाँडामा बोकेर पु¥याइएको फोहर निगमले चन्द्रागिरि हिल्स प्रालिलाई हस्तान्तरण गरेको थियो । उक्त फोहरलाई व्यवस्थापन गर्न केबलकारबाट पुनःथानकोटमा रहेको बेसस्टेसनमा झारिएको थियो । चन्द्रागिरि हिल्सले पनि सफाइ अभियानलाई सहयोग गरेको थियो ।

सामाजिक उत्तरदायित्वको जिम्मेवारी बहन गर्ने क्रममा निगमले यही माघ १० गते आफ्नो वाइडबडी ए ३३० जहाजमार्फत मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको थियो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्यान गुमाएका एक शवको अस्तुसहित १९ वटा शव नेपाल ल्याइएको हो ।

मलेशियास्थित नेपाली दूतावाससँगको समन्वयमा निगमले नेपालीको शव ल्याएको हो । बाँकी शव ल्याउन आवश्यक तयारी भइरहेको निगमले उल्लेख गरेको छ । निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!