हिपमत डटकम

सोमबार, माघ १२, २०७७ || 516  पटक पढिएको

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सोउसा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । कोरोना भाइरस (कोभिड-१९) को तेस्रो लहरको संक्रमण फैलिरहेको अवस्थामा भएको आम निर्वाचनमा सोउसाले जित हात पारेका हुन् ।

सोसियल डेमोक्रेटिक पार्टीका ७२ वर्षीय सोउसा उनले न्यानो व्यक्तित्व र समर्थकहरुसँग सेल्फी लिने बानीको कारण चर्चित छन् । उनले आम निर्वाचनमा ६१ प्रतिशत मत प्राप्त गरेका हुन् । यसअघि सन् २०१६ मा भएको निर्वाचनमा उनले ५२ प्रतिशत मत प्राप्त गरेका थिए ।

यसपटकको निर्वाचनमा पोर्चुगलका अन्य मुलुकमा बस्ने ११ लाख मानिसहरुलाई पनि मतदान गर्ने अवसर दिइएको थियो । साथै क्वारेन्टिनमा रहेका मानिसहरुले पनि मतदानको अवसर पाएका थिए ।

जित हात पारेसँगै सोउसाले आफ्नो पहिलो प्राथमिकता महामारी नियन्त्रण गर्नु रहेको बताए । उनले संसद् र सरकारसँग सद्भाव राखेर काम गर्ने बताए । आम निर्वाचनमा दोस्रो स्थानमा आएकी समाजवादी नेतृ एना गेम्सले १३ प्रतिशत मत पाएकी छिन् भने दक्षिणपन्थी नेता आन्द्रे भेन्चुराले १२ प्रतिशत मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!