हिपमत डटकम

सोमबार, माघ १२, २०७७ || 664  पटक पढिएको

नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीले नेतृत्व गरेको पार्टीलाई धुलोछापको संज्ञा दिएका छन् ।
सोमबार प्रदेश २ का आफूपक्षीय नेता कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली गुटको केन्द्रीय समितिको संख्या १५ सय पुर्याइएको आफूले सुनेको भन्दै ओलीले त्यसलाई ५ हजार बनाउन पनि सक्ने बताए ।

‘५ हजारले पुगेन भने १० हजार पनि बनाउँछन् । त्यसैले त्यो धुलोछाप पार्टी हो । केपी ओलीको धुलोछाप पार्टीमा कोही नजानुुस्’ नेता नेपालको भनाइ छ ।
अध्यक्ष नेपालले आफू केही दिनअघि बर्दियामा पुग्दा ओलीको पक्षमा लागेर केन्द्रीय सदस्य भएका एकजनाले केन्द्रीय सदस्यको प्रमाणपत्र च्यातेर आफूहरुले नेतृत्व गरेको पार्टीमा आएको बताए ।
‘म अहिले सुन्दैछु, जिल्ला जिल्लामा गएर को आउँछ आउनुस् भनेर डम्फु बजाउँदैछन् । यस्तो भुलभुलैमा नपर्नुहोला,’ नेपालको आग्रह छ ।

आफूहरुले नेतृत्व गरेको पार्टी नै क्रान्तिकारी र समाजको परिवर्तन गर्ने पार्टी भएको भन्दै उनले अन्याय अत्याचारलाई समाप्त पार्दै समानताको अनुभूति दिने पार्टी बनाउने दावी गरे ।
‘जनताको हित र परिवर्तनको पक्षमा रहेको पार्टी हो यो, त्यसैले मधेस, मुस्लिम गरिव, विपन्न, महिलाको समस्या समाधान गर्ने उद्देश्य बोकेको पार्टी हो । तर केपी ओलीलाई त्यस्ता समस्याले छुदैन’, अध्यक्ष नेपालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!