मंगलबार, माघ १४, २०७६ || 909  पटक पढिएको

हिपमत डटकम
पथरी शनिश्चरे, १४ माघ :मोरङको पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाले माघ २५ गतेदेखि नगरमा घर घरमा गएर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानका सन्दर्भमा स्वास्थ्यकर्मीहरुका लागि आज अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
पथरी नगर अस्पतालका डाक्टर सावन मेहता, नगर स्वाथ्य संयोजक मुरारी आचार्य र स्वास्थ्यकर्मी जगत मगरले हात्तीपाइले लाग्ने अवस्था, त्यसको रोकथाम तथा औषधि सेवनका बारेमा प्रष्ट्याउनु भयो । साथै कुरुप हुनबाट जोगाउने औषधिले मानिसलाई असर नगर्ने भएकाले नचाँहिदो भ्रम चिर्नुपर्ने पनि उहाँहरुले बताउनु भयो ।
नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका ५० जना स्वास्थ्यकर्मी र ३० जना महिला स्वास्थ्य स्वयमसेविकामार्फत घर घरमा गएर सवै मानिसलाई औषधि खुवाउने कार्यक्रमलाई सफल पार्न नगरपालिका कार्यालयले सवैमा आव्हान गरेको छ । यसैक्रममा भोली वडा नम्वर १ र १० का सामाजिक अगुवाहरुलाई सो सम्वन्धी अभिमुखीकरण गराइने छ ।
१० वटै वडामा प्रति वडा २० जना सामाजिक अगुवाहरुका लागि १५ देखि २० गतेसम्म अभिमुखीकरण गर्ने, प्रचार प्रसारका लागि नगरका २० स्थानमा व्यानर राख्ने, स्थानीय रेडियोमार्फत सूचना प्रवाह गर्ने र माइकिङ गरिने छ । साथै विद्यालयहरुमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमसँग जोडेर हात्तीपाइले रोग निवारण र त्यस विरुद्धको औषधि सेवनका बारेमा जानकारी गराउने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!