हिपमत डटकम

सोमबार, माघ १२, २०७७ || 729  पटक पढिएको

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक सोमबारका लागि बोलाइएको छ । मंगलबारलाई बोलाइएको केन्द्रीय समिति बैठकका सन्दर्भमा समूहगत धारणा बनाउन महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पौडेल समूहको बैठक मध्यान्ह १२ बजेका लागि बोलाइएको हो ।

महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार बैठकमा प्रतिनिधिसभा विघटनविरुद्धको नीति र पार्टीको आसन्न महाधिवेशनका विषयमा छलफल हुनेछ ।

केन्द्रीय समिति बैठकबाट प्रतिनिधि विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणाका लागि दबाब दिने पौडेल समूहको रणनीति छ । यसअघि काँग्रेसले वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र केन्द्रित विरोध प्रदर्शन गरेको थियो ।

अब अदालतको निर्णय पर्खनुको विकल्प पार्टीसँग नभएको संस्थापन पक्षको बुझाइ छ । यस्तै प्रदेश १ र बागमती प्रदेशसभामा पेश भएका अविश्वास प्रस्तावको पक्षमा पार्टी उभिनुपर्ने पौडेल पक्षको जोड छ । सभापति शेरबहादुर देउवा भने प्रदेश संसदीय दलबाटै निर्णय गराउने पक्षमा रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!