देव किसन मुन्दडा

आइतबार, माघ ११, २०७७ || 526  पटक पढिएको

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाँधिएका छन् । आइतबार राईले मोडल ज्याङ्मु शेर्पासँग बिहे गरेका हुन् । मुख्य राईका प्रेस संयोजक ध्रुव सुवेदीले राजधानीमा राई र शेर्पा दुबै परम्पराअनुसार वैवाहिक कार्यक्रम सम्पन्न भएको जानकारी दिए ।

वैवाहिक कार्यक्रममा दुबैतर्फका निकटस्थको सहभागिता रहेको थियो । ४९ वर्षीय राईले आफू भन्दा निकै कम उमेर भएकी शेर्पासँग बिहे गरेका हुन् । २० वर्षीया शेर्पा २०१८ की ‘मिस मंगोल नेपाल’ हुन् भने दुई केही समययता प्रेम सम्बन्ध रहेको बताइएको छ । राईले विहेको अवसरमा विराटनगरमा भोज दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!