हिपमत डटकम

आइतबार, माघ ११, २०७७ || 431  पटक पढिएको

पर्साबाट आफ्नै साथीकी १२ वर्षीया छोरीलाई बलात्कारको प्रयास गर्ने एक जना पक्राउ परेका छन् ।

शनिबार बिहान वीरगञ्ज महानगरपालिका २ छपकैयाबाट बालिकामाथि जबरजस्ती करणीको प्रयास गर्ने ३६ वर्षीय भारतीय नागरिक नेहाल मिँयालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजीत कुँवरका शुक्रबार राति १० बजे बालिकामाथि बलात्कारको प्रयास भएको हो । मिँया साथीको घरमा पाहुना गएका थिए । उनी साथीकी छोरीमाथि बलात्कारको प्रयास गर्ने क्रममा बालिका चिच्याएपछि भागेका थिए ।

पक्राउ परेका मिँया र पीडित बालिका भारतको चम्पारानका स्थानीय बासिन्दा हुन् । उनीहरु वीरगञ्जमा डेरा गरी बस्दै आएका थिए ।

मियाँलाई जर्बजस्ती करणीको उद्योगमा आइतबार जिल्ला अदालत पर्साबाट म्याद थप गरी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!