हिपमत डटकम

आइतबार, माघ ११, २०७७ || 477  पटक पढिएको

खोटाङ साकेला-२ रतन्छा बस्ने सोही वडाका वडा सदस्य ५७ बर्षीय रत्न प्रसाद फुयलको भिरबाट लडेर मृत्यु भएको छ ।

शनिवार साँझ आफ्नो घरबाट साकेला-२ मबु स्थित भाईको घरमा धामी बस्नका लागि जादै गरेको अवस्थामा एक्कासी खहरे खोलाको भिरबाट लडी अन्दाजी ३ सय मिटर तल खस्दा उनको घटनास्थलमानै मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी रतन्छामा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

मुतक फुयल तत्कालिन नेकपा माओबादीबाट निर्बाचित सदस्य रहेको खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!