हिपमत डटकम
काठमाडौं,१४ माघ: निर्भया हत्या मुद्दाका दोषीलाई दिइने फाँसीको प्रक्रिया तिव्र रुपमा अगाडि बढाइएको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार सोमबार साँझ चारै जना दोषीका डमीलाई फाँसी दिइएको हो ।

यो प्रक्रिया दोषीलाई फाँसी दिइनु पूर्वको रिहर्सल मानिन्छ । यसअघि १२ जनवरीमा पनि चारै जना दोषीका डमीलाई फाँसी दिइएको थियो । डमी चारै जना दोषीको वजन बराबर तयार पारिएको हुन्छ ।

दिल्ली अदालतले चारै जना दोषीको लागि डेथ वारेन्ट जारी गरेको छ । अदालतले चारै जनालाई १ फ्रेबुअरीको बिहान ६ बजे फाँसी दिने आदेश दिएको थियो । यसअघि पनि अदालतले २२ जनवरीमा फाँसी दिन आदेश दिएको थियो । तर, कानूनी प्रक्रियाको कारण मिति सरेको हो ।

जनाइएअनुसार निर्भया बलात्कार तथा हत्याकार चारै जना दोषी अक्षय ठाकुर, पवन गुप्ता, मुकेश सिंह र विनय शर्मालाई तिहाड जेलको जेल नम्बर ३ मा फाँसी दिइने छ ।

दोषी मुकेशद्वारा न्यायिक समिक्षाको माग

यसैबीच निर्भयाका ४ दोषीमध्येका १ मुकेश सिंले भारतको सर्वौच्च अदालतमा ‘दया याचिया’ खारेजको विरुद्धमा रिट दायर गरेका छन् । उनले यसअघि १७ जनवरीमा राष्ट्रपति रामनाथ कोविन्दालाई फाँसी माफीको लागि निवेदन दिएका थिए । जुन उनले खारेज गरिदिए ।

मुकेश सिंहले आफ्ना वकील बृन्द्धा ग्रोबरमार्फत संविधान अनुच्छेद ३१ अनुसार दया याचियाको मुद्दामा न्यायिक समिक्षाको माग गरेका छन् । यसअघि पनि मुकेशले शीर्ष अदालतमा गरेको निवेदन खारेज भएको थियो ।

मुकेशको निवेदनलाई मुख्य प्राथमिकतामा राखेको सर्वौच्चले मंगलबार सुनुवाई गर्ने जनाइएको छ । यदि सर्वौच्चले उनको मुकेशको पक्षमा फैसला गर्यो भने आगामी फ्रेबुअरी १ मा हुने फाँसीको सजायँ टल्न सक्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!