हिपमत डटकम

शनिबार, माघ १०, २०७७ || 567  पटक पढिएको

बहुविवाह मुद्दामा फरार रहेका वडासदस्यसहित दुई जनालाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका १२ की वडासदस्य उसिला सिंह पोडे र रामशरण पोडे छन् ।

उनीहरुलाई काठमाडौँको टेकुबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी अपिल बोहराले बताए ।

बहुविवाह मुद्दामा जिल्ला अदालत काठमाडौँले उनीहरुलाई ०६५ असारमा जरिवाना र कैद सजाय हुने फैसला गरेको थियो । उसिलालाई १ वर्षको कैद ५ सय जरिवाना र रामशरणलाई ११ महिना कैद र ५ हजार जरिवाना सजाय तोकेको थियो । उनीहरुलाई जिल्ला अदालत काठमाडौँको आदेशले सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइएको छ । पक्राउ परेकी उसिला सिंह काठमाडौँ महानगरपालिका १२ की निर्वाचित वडा सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!