हिपमत डटकम

शुक्रबार, माघ ०९, २०७७ || 801  पटक पढिएको

बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपूतको सम्मानमा दक्षिणी दिल्लीको एन्ड्रियुजगन्जस्थित एक सडकको नामाकरण हुने भएको छ । दक्षिण दिल्ली नगर निगमले यससँग सम्बन्धित प्रस्तावलाई मन्जुरी दिइसकेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

निगमका पार्षद अभिषेक दत्तले सेप्टेम्बरमा यो सडकको नामाकरण सुशान्तको नामबाट गर्नुपर्ने प्रस्ताव लगेका थिए । एन्ड्रियुजगन्जदेखि इन्दिरा क्याम्पसम्म जाने सडकको एक हिस्साको नाम सुशान्त सिंह राजपूत मार्ग राख्नुपर्ने माग दत्तले राखेका थिए ।

सुशान्त सिंहको ३५ औं जन्मदिनका अवसरमा २१ जनवरीमा यो विषयलाई सार्वजनिक गरिएको हो । १४ जुनमा मुम्बईको बान्द्रास्थित आफ्नो घरमा सुशान्त मृत अवस्थामा भेटिएका थिए । उनले आत्महत्या गरेको आशंका गरिएको छ । जन्मदिनका अवसरमा समर्थकहरुले यी अभिनेतालाई संझदैं उनको असामयिक निधनबारे पनि चर्चा गरेका छन् ।

सुशान्तले पिके, एमएस धोनी– द अनटोल्ड स्टोरी, केदारनाथ,छिछोरेलगायत फिल्ममा अभिनय गरेका थिए । दिल बेचारा सुशान्तको अन्तिम फिल्म हो, उनको मृत्युपछि प्रदर्शनमा आएको यो फिल्म निकै सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!