मंगलबार, माघ १४, २०७६ || 1110  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,१४ माघ: नेपाली सेनामा रासनका सामान्य अनियमितता गर्ने अधिकृतहरु समेत बर्खास्तीमा परिरहेका छन् । छानबिन भएपछि कतिपय जर्नेलहरुले नै राजीनामा दिन बाध्य भएका छन् । तर, नेपाल प्रहरीमा भने ठिक त्यसको उल्टो अवस्था छ । गम्भीर किसिमका उजुरीलाई पनि प्रहरी प्र्रधान कार्यालयले लुकाएर राख्दै आएको छ । बरु गल्ती गर्ने प्रहरीलाई संरक्षण गरेर पीडितलाई पनि उल्टो सताउने काम प्रधान कार्यालय नक्सालबाटै भएको छ । प्रहरी प्रधान कार्यालयमा दुई एसएसपीविरुद्ध यौन शोषणको उजुरी परे पनि त्यसउपर कुनै छानबिन गरिएको छैन । हाल संघीय प्रहरी इकाई धरानमा कार्यरत एसएसपी शौरभ राणा तथा केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला प्रमुख एसएसपी राकेश सिंहविरुद्ध गम्भीर उजुरीमा प्रहरी मुख्यालयले आँखा चिम्लिएको हो । दुवै एसएसपीमाथि महिला प्रहरी कर्मचारीलाई यौन शोषण गरेको आरोप छ । प्रहरी प्रधान कार्यालयले उजुरीउपर चासो नदिएपछि दुवैले गृह मन्त्रालयमा समेत उजुरी गरेका थिए । तैपनि न्याय पाउन सकेका छैनन् । प्रहरीले महिला तथा बालबालिकामाथि हुने हिंसाउपर विशेष अभियान चलाइरहेको छ । तर, संगठनभित्रैकै यस्ता घटनामा पनि सिनियर अधिकृतहरुलाई जोगाउने गरेको छ । यसबाट संगठनका तल्लो तहका महिला प्रहरीले प्रहरीभित्रै असुरक्षित महसुस गरेका छन् । यो समाचार आजको दृष्टि साप्ताहिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!