हिपमत डटकम

शुक्रबार, माघ ०९, २०७७ || 703  पटक पढिएको

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्येष्टि गरिएको छ । बिहीबार स्वयम्भूस्थित समाधिस्थलमा उनको अन्त्येष्टि गरिएको हा । उनको पार्थिव शरीरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएपछि बौद्ध परम्परा अनुसार अन्त्यष्टि गरिएको हो ।

दोलखास्थित गौरीशंकर गाउँपालिका वडा नम्बर ९ टाँसीनाम निवासी शेर्पाले प्रजातान्त्रिक युवा संघ, नेपालको झण्डा सगरमाथाको शिखरमा पहिलो पटक फहराएर नयाँ कीर्तिमान कायम गरेका थिए । पर्यटन व्यवसाय र समाज सेवाको क्षेत्रमा निरन्तर क्रियाशील शेर्पा २ पटक सगरमाथाको शिखर चुम्न सफल भएका थिए ।

यसैबीच, सञ्चारमन्त्री गुरुङले स्वर्गीय शेर्पाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । गौरीशंकर गाउँपालिका ९ का वडाध्यक्ष छिरिङ शर्पाले पनि उनको निधनप्रति दुुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । फोक्सोमा समस्या देखिएपछि काठमाडौंको चावहिलस्थित हेल्पिङ हेन्ड अस्पतालमा भर्ना भएका शेर्पाको माघ ७ गते निधनभ एको थियो । स्वर्गीय शेर्पाका श्रीमती र ३ जना छोराहरु छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!