हिपमत डटकम

शुक्रबार, माघ ०९, २०७७ || 633  पटक पढिएको

पोखरामा कोरोना संक्रमणबाट २५ वर्षीया युवतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका १ निवासी २५ वर्षीया युवतीको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत युवतीको बिहीबार राति मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले बताए ।

युवतीको स्वास्थ्यमा समस्या देखिएपछि गरिएको कोभिड–१९ परीक्षणमा यही माघ ५ गते संक्रमण पुष्टि भएको डा. शर्माले बताए । युवतीमा मृगौलाको समस्यासहित अन्य दीर्घ रोगहरु समेत रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!