हिपमत डटकम

शुक्रबार, माघ ०९, २०७७ || 742  पटक पढिएको

गायिका डा. रानी शाक्यले चर्चित गायक प्रमोद खरेलसंगको सहकार्यमा युगल गीत ‘चल्यो मायाको बतास’सार्वजनिक गर्नु भएको छ ।
डान्सिङ शैलीको यस गीतको म्युजिक भिडियोमा नेपाली रजतपटका सदाबहार नायक दिलिप रायमाझी र नायिका अशिष्मा नकर्मीको नृत्य र अभिनय रहेको छ । ठुलो पर्दामा न देखिएको जोडीको म्युजिक भिडियोमा केमिस्ट्री सुहाएको देखिन्छ ।

गायिका डा. रानी शाक्यको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा हरी उप्रेतीको शब्द र विकाश चौधरीको संगीत रहेको छ
भने भिडियोमा राजन शाहीको कोरियोग्राफी, आभेस बज्राचार्यको क्यामेरा, माधव बेलबासेको सम्पादन रहेको छ भने भिडियोलाई पछिल्लो समयका चर्चित युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन्
हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यले केहि दिन अगाडी मात्रै १० वटा गीतहरु समाबेश आफ्नो सांगीतिक एल्वम ‘ऐना’ (Aena) लोकार्पण गर्नु भएको थियो भने त्यो बाहेक उहाको अहिलेसम्म ५० वटा भन्दा बढी गीतहरु बजारमा आइसकेका छन् ।

गायिका शाक्यले आधुनिक, डान्सिङ गीत, लभ भर्सनका गीतहरुका साथै चलचित्रको पार्श्र्व गायनमा समेत आफूलाई अब्बल सावित बनाइसक्नु भएको छ ।
सांगीतिक एल्वम ‘ऐना’को ‘संसार फेर्न’ गीतबाट ‘नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७’ मा सर्वोत्कृष्ट गायिका शाक्यले यही पुस १८ मा भएको स्पर्श म्युजिक अवार्डमा ‘ढलक ढलक’ गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड पाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!