शेयर सप्ताहको अन्तिमदिन विहिवार नेप्से करोबार नयाँ उचईमा पुगेको छ । बजारको शुरुवात २३७२.८६ बाट भएर दिन भरी ओरालो उकालो गर्दै २३७४.६४ बिन्दुमा बन्द भएको छ । ३१.८७ अंकले बृद्धि भएको शेयर कारोबार १.३६ प्रतिशतले बृद्धि भएको छ । सप्ताहको अन्तिम कारोबार दिन सेन्सेटिभ इन्डेक्स समेत २.५९ अंकले बढेर ४४५.५९ मा बन्द भएको छ ।
२०९ कम्पनी सहभागी भएको यस बजारमा १ करोड ८१ लाख ०५ हजार ६७१ को शेयर कारोबार भएको छ भने ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३३ को टर्नअभर भएको छ । यस दिन बैंकिङ्ग र मिच्वल फण्डमा रातो देखिए पनि अन्य सबै क्षेत्र हरियो देखिएको छ ।

विहिवारको कारोबारमा ९ कम्पनीको वृद्धि दर ९ प्रतिशत भन्दा बढी रहेको छ भने एकमात्र कम्पनी एस एम बी को वृद्धि दर १० प्रतिशत रहेको छ । सर्वाधिक कारोबार भएको क्षेत्र मध्ये कमर्सियल बैंक १ अर्ब ७२ करोड ४६ लाख २७ हजार ७७६, ननलाइफ इन्सोरेन्स १ अर्ब ४६ करोड ८८ लाख २६ हजार ६६८, लाइफ इन्सोरेन्स १ अर्ब १६ करोड ५७ लाख ९१ हजार ९४२, माइक्रो फाइनेन्स १ अर्ब १० करोड ७० लाख ५७ हजार ६०४, हाइड्रो पावर ८२ करोड १६ लाख ३१ हजार ७२७ रहेको छ ।
अमेरकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदाइ र बाइडनको सपथ संगै एशियाली शेयर बजारमा उछाल आएको जानकारहरुको विशलेषण रहेको छ । विहिवार भारतीय शेयर परिसूचक समेत ५० हजार बिन्दु भन्दा माथी पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!