हिपमत डटकम

बिहिबार, माघ ०८, २०७७ || 707  पटक पढिएको

सुर्खेत । नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य नै नरहनेगरी निष्काशन गर्ने बताएका छन् । बिहीबार सुर्खेतको वीरेन्द्रनगरस्थित पिपल चौतारामा आयोजित बृहत विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने बताएका हुन् ।

‘केपी ओलीका कारण आज गणतन्त्र धरापमा पर्यो । कम्युनिस्ट पार्टी ध्वस्त भयो । हामी गणतन्त्रको आन्दोलन गर्दै गर्दा अ‍ोली बयलगाडाको कुरा गर्थे । अहिले उनको असली रुप देखियो । त्यसैले उनी कम्युनिस्ट होइनन् । कम्युनिस्ट हुन लायक पनि छैनन भन्ने बुझेर उनलाई साधारण सदस्यबाट निष्काशन गर्न गइरहेका छौं’ अध्यक्ष नेपालको भनाई थियो ।

उनले ३ दिनको समय राखेर स्पष्टीकरण सोधिए पनि चार दिनसम्म समेत जवाफ नदिएको भन्दै अब उनलाई पार्टीबाट निष्काशन गर्नुको विकल्प नभएको बताए । सम्बोधनका क्रममा अध्यक्ष नेपालले संसद पुनःस्थापना गरेरै छाड्ने घोषणा समेत गरे । कर्णाली प्रदेशकै ठुलो विरोध सभामा नेताहरु जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!