हिपमत डटकम

बिहिबार, माघ ०८, २०७७ || 767  पटक पढिएको

भारतले अनुदानमा दिएको कोरोनाभाइरसविरूद्धको १० लाख डोज भ्याक्सिन बिहीबार बिहान काठमाडौं आइपुगेको छ।

बिहीबार बिहान ११:५३ बजे एयर इन्डियाको जहाजबाट खोप त्रिभुवन विमानस्थलमा ल्याइएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

भारतले बुधबारदेखि छिमेकी देशहरूमा अनुदानमा कोरोना भ्याक्सिन दिन थालेको हो।

भारतले दिएको खोप ४ लाख मानिसलाई लगाउने सरकारको तयारी छ। सरकारले फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकहरूलाई पहिलो चरणमा खोप लगाउने जनाएको छ।

खोप लगाउने कार्यक्रम कहिलेदेखि सुरू हुन्छ भन्ने खुलाइएको छैन।

भारतमा अहिले कोरोनाविरूद्धका दुई खोप उत्पादन भइरहेका छन्।

अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेन्काले विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ भने भारत बायोटेकको अर्को भ्याक्सिन भारतमै बनेको हो।

नेपाल सरकारले अक्सफोर्ड-अष्ट्राजेन्काको भ्याक्सिनलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!