हिपमत डटकम

बिहिबार, माघ ०८, २०७७ || 1230  पटक पढिएको

आफ्नो जन्मदिन बारे त पक्कै याद हुनु पर्छ। ल भन त आज क – कस्को जन्म दिन हो ?

जन्मदिन अर्थात तिमी एक वर्ष ठूलो भयौ, होइन त ! जन्मदिन भनेको यही होइन त ?

कुरा वर्षको आयो, ल क – कसलाई थाहा छ एक वर्ष भनेको के हो ?

प्रश्न सुनेर तिमी हाFस्यौ होइन, के सोधेको होला ? एक वर्ष भनेको के हो? जसलाई पनि थाहा हुन्छ। पृथ्वीले सूर्यको एक परिक्रमा पूरा गर्नु लाई नै एक वर्ष भनिन्छ।

‘गुड’, तिम्रो जवाफ एकदम ठीक छ तर मलाई एउटा अर्को कुरा पनि जान्न मन लाग्यो, हामीलाई कसरी थाहा हुन्छ पृथ्वीले कुन दिन एक परिक्रमा पूरा गरी नयाँ परिक्रमा थालेको हुन्छ र एक वर्ष पूरा भएर अर्को वर्ष,नयाँ वर्ष शुरू भएको हुन्छ ?

तिमी भन्न सक्छौ, हामीले जुन दिन नयाँ वर्ष मनाउँछौं, त्यै दिन पृथ्वीले सूर्यलाई ए कफन्को परिक्रमा पूरा गरेको हुन्छ।

तर म तिमीसंग फेरि सोध्छु। तिमीलाई पृथ्वीमा मनाइने थुप्रै नववर्ष बारे थाहा होला। विश्वभरी १ जनवरीमा नयाँ वर्ष मनाइन्छ भने हामी नेपालीहरुले मान्ने नयाँ वर्ष वैशाख १ गते हुन्छ। नेपालका थुप्रै समुदायका मानिसले अर्को फरक फरक दिनमा नयाँ वर्ष मनाउँछन्। अब भन त कसले मनाउने नयाँ वर्षमा पृथ्वीले एक परिक्रमा पूरा गरेको हुन्छ ?

ओहो, तिम्रा लागि यो प्रश्न गाह्रो भयो। ल केही छैन यसको जवाफ म तिमीलाई एउटा अर्को प्रश्न सोधेर दिन्छु। भन त एउटा गोलो मेच छ, तिमीले त्यो मेचको एउटा बिन्दुबाट घड़ीको सुई घुम्ने दिशामा अथवा त्यसको उल्टो दिशामा एउटा पेन्सिलले कोर्दै पूरा मेच को परिक्रमा पूरा गरी कोर्न शुरू गरेको बिन्दुमा फर्किनु छ। बूझ्यौ होइन, तिम्रो एउटा परिक्रमा पूरा भयो,पृथ्वीले सूर्यको एउटा परिक्रमा पूरा गरे जस्तै। अब भन त तिम्रा अन्य साथीले अर्को बिन्दुबाट तिमी झै मेचको परिक्रमा गरे। के उनीहरुको एउटा परिक्रमा तिमीले शुरू गरेको बिन्दुमा पुगी पूरा हुन्छ ? हुन्न होइन,उनीहरुको एउटा परिक्रमा उनीहरुले यात्रा शुरू गरको बिन्दुमा पुगी पूरा हुन्छ। तिम्रा सबै साथीहरुको हकमा उनीहरुको परिक्रमा उनीहरुले शुरू गरेको बिन्दुमा पुगी पूरा हुन्छ। र, यो बिन्दु सबैका लागि फरक फरक हुन्छ।

अब बुझ्यौ होइन संसार भरि किन यति धेरै नयाँ वर्ष मनाइन्छन् ? कुरा यति मात्रै हो उनीहरुको कल्पनामा त्यही दिन पृथ्वीले एउटा परिक्रमा पूरा गरेको हुन्छ ।

अब पृथ्वी त बनेदेखि सूर्यको परिक्रमा गरिरहेको छ। यसले कुन बिन्दुबाट सूर्यरूपी मेचको परिक्रमा गर्न शुरू गरेको थियो त्यो जान्ने उपाय छैन। विश्वका सबै समुदाय – संस्कृतिले आफ्नो आफ्नो विचार अनुसार एउटा बिन्दुबाट परिक्रमा शुरू भएको ठानी त्यस दिन नयाँ वर्ष मनाउँछन्। अब तिमी भन्न सक्छौ प्रत्येक दिन नयाँ दिन भए जस्तै प्रत्येक दिन नयाँ वर्ष हो।

तिमीलाई थाहै छ पृथ्वीले सूर्यको परिक्रमा गर्न झण्डै ३६५ दिनको समय लगाउँछ । त्यसैले पृथ्वीमा सबै धर्म संस्कृतिका अनुयायी एवं विज्ञानले ३६५ दिनलाई नै एक वर्षको अवधि मानने गर्छन्। हिसाब गरी हेर तिम्रो जन्मदिन पनि ३६५ दिनमा नै हुन्छ कि हुन्न ?

तिमीहरुलाई यो पनि थाहा छ सूर्यको परिवारमा पृथ्वी बाहेक अन्य ग्रह पनि छन्। ती सबैले पृथ्वीले जस्तै सरह सूर्यको परिक्रमा गर्छन्। तर ती सबै ग्रहको सूर्यसंग दूरी फरक फरक रहेको छ। ती ग्रहले गर्ने सूर्यको परिक्रमाको गति पनि फरक फरक रहेको छ। त्यसैले यी सबै ग्रहमा हुने एक वर्षको अवधि फरक हुन्छ।

तिमीहरुलाई भनिराख्नु परेन सूर्यसंग नजिक हुने ग्रहमा एक वर्षको अवधि सानो र दूरीका अनुसार वर्षको अवधि बढी हुँदै जान्छ। सूर्यसंग सबैभन्दा नजिक भएको ग्रह बुध हो, त्यस पछि शुक्र र त्यस पछि हामी बस्ने पृथ्वी । अब माथीको चित्रमा हेर त कुन ग्रहमा वर्षको अवधि सबैभन्दा कम र कुन ग्रहमा वर्ष सबैभन्दा लामो हुन्छ ?

यो पनि सोच है, तिमीहरु प्लूटो नामक वामन ग्रहमा भएको भए तिमीले ‘बर्थडे केक’ खान कति दिन कुर्नु पर्ने हुन्थ्यो ?पृथ्वीमा त तिमीले केक काट्न ३६५ दिन कुर्नु पर्छ, होइन !

अर्को एउटा कुरा पनि सुन, प्लूटो नामक वामन ग्रहको खोज भए देखि अहिलेसम्म यसले सूर्यको एउटा पनि परिक्रमा पूरा गरेको छैन। अब भन त यो सानो प्रसंग पढेर तिमीहरु लाई अरु के के जान्न मन लाग्यो ?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!