हिपमत डटकम

बुधबार, माघ ०७, २०७७ || 472  पटक पढिएको

बुधबार राति अमेरिकामा जो बाइडनले राष्ट्रपतिको शपथ लिँदैछन् । अमेरिकामा बाइडनको कार्यकालमा डोनाल्ड ट्रम्पको तुलनामा विदेश नीति फरक हुने अपेक्षा गरिएको छ । तर, बाइडनको शपथ ग्रहणका लागि केही समय मात्र बाँकी रहेको समयमा भने बाइडनको विदेशनीतिबारे केही समाचारहरु सार्वजनिक भएका छन् ।

बाइडनका विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मंगलबार सिनेटमा भएको सुनुवाइको क्रममा इजरायलको राजधानी जेरुसलेमलाई मान्न तयार रहेको बताएका हुन् । मंगलबार रिपब्लिकन सिनेटर टेड क्रुजले सोधेको प्रश्नमा उनले बाइडनको कार्यकालमा इजरायलको अमेरिकी दूतावास जेरुसलेममा नै रहने बताएका छन् ।

बाइडनले गत वर्ष इजरायलको राजधानी तेल अभिभबाट इजरायललाई मान्यता दिने ट्रम्पको निर्णयमा आफू सहमत नरहेको तर जेरुसलेममा अमेरिकाको दूतावास सरिसकेकाले त्यसलाई यथावत राखिने बताएका थिए । त्यस्तै भेनेजुयलामा पनि बाइडनको विदेश नीति यथावत रहने भएको छ । ब्लिन्केनले मंगलबार भेनेजुयलामा पनि विपक्षी नेता जुआँ गुएइदोलाई नै राष्ट्रपतिको मान्यता दिने बताएका छन् । उनले भेनेजुयलामा अहिलेको सरकारलाई थप प्रतिबन्ध लगाउने तर मुलुकलाई दिँदै आएको मानवीय सहयोग भने बढाउने बताएका छन् ।

यद्यपि बाइडनले विभिन्न मुस्लिम मुलुकका नागरिकहरुमाथि लगाइएको प्रतिबन्ध भने बाइडनले आफ्नो पहिलो कार्यकारी आदेशमा फुकाउने बताइसकेका छन् । इरानले भने बाइडनको कार्यकालमा अमेरिकाले आफ्नो मुलुकमाथि लगाएको प्रतिबन्ध हटाउने विश्वास लिएको छ । इरानका राष्ट्रपति हसन रौहानीले जो बाइडनलाई सन् २०१५ को परमाणु सम्झौतामा फर्किन आग्रह गरेका छन् । बुधबार टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको क्याबिनेटको बैठकमा रौहानीले अमेरिकालाई आफूमाथि लगाइएको प्रतिबन्ध पनि हटाउन आग्रह गरेका छन् ।

डोनाल्ड ट्रम्पको पालामा अमेरिकाको इरानसँगको तनाव निकै बढेको थियो । यो कार्यकालमा इरानसँग करिब युद्धको अवस्था सिर्जना भएको थियो । यस्तोमा बाइडनले भने प्रतिबन्ध फुकुवा गर्ने इरानको आशा छ । सन् २०१५ मा अमेरिकालगायतका मुलुकसँग इरानको न्युक्लियर सम्झौता हुँदा बाइडन अमेरिकाको उपराष्ट्रपति थिए । त्यसैले बाइडन उक्त सम्झौतामा पुनः फर्किने आशा इरानको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!