हिपमत डटकम

बुधबार, माघ ०७, २०७७ || 522  पटक पढिएको

नेपाली काँग्रेसका नेता गगनकुमार थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शासन गर्ने वैधानिकता सकिएको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित प्रतिनिधिसभा विघटन र संवैधानिक अन्योल विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शासन गर्ने वैधानिकता र वैधता सकिएको बताएका हुन् । नेकपाले निर्वाचनबाट प्राप्त जनादेश गुमाएको उनको भनाई छ ।

जनादेश गुमाउँदा राजनीतिक निष्ठाको आधारमा जनतासँग क्षमा माग्नुपर्ने भएपनि दुवै पक्षले क्षमा नमागेको उनले बताए । नेता थापाले सर्वोच्च अदालतमाथि सबैले आशाको नजरले हेरेको भन्दै संविधान अनुरुप सहि फैसला गर्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता रमेश लेखकले संविधान र लोकतन्त्रमा कम विश्वास गर्नेले संसद विघटन गरेको बताए । कम्युनिष्टको अधिनायकवादी र सर्वसत्तावादी चेतनाको कारण संसदी विघटन भएको उनको भनाई छ । यसको सम्पूर्ण अब्जस नेकपाले बोक्नुपर्ने उनले बताए ।

नेता लेखकले नेपाली काँग्रेस संसद पुर्नस्थापनाको निम्ति भूमिका निर्वाह गर्ने र सर्वोच्च अदालतले संसद पुनस्र्थापना नगरे निर्वाचनमा सहभागी हुने बताए । पुनस्र्थापना पनि नहुने र निर्वाचन पनि नहुने अवस्थामा नेपाली काँग्रेस आन्दोलनमार्फत संविधानलाई ट्रयाकमा ल्याउन तयार रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!