प्रदेश नम्बर १ को प्रदेशसभा बैठक प्रदेश प्रमुखको पत्र पढेर स्थगित भएको छ ।
बुधवार दिउँसो २ बजे बोलाएको बैठक समयमै शुरु भएर ३ मिनेटमै सकिएको छ । प्रदेश प्रमुखले सदन सुरु भएको जानकारी गराएको र शुभकामना दिएको पत्र मात्र पढ्ने कार्यव्यवथा परामर्श समितिमा सहमति भए अनुसार नै बैठक स्थगित भएको हो ।
नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राज भण्डारीले ६ महिना भित्र सदन सुरु गर्नैपर्ने संवैधानिक व्यवथा अनुसार आज बैठक सुरु भई स्थगित भएको हो र अर्को बैठकको समय सभामुखले तोक्ने राजभण्डारीले बताएका छन् ।
सत्तारुढ नेकपा विवादको कारण आजको बैठकमा कुनै दलको तर्फबाट शुभकामना व्यक्त गर्न सयम नदिई संसद बैठक अर्काे सुचना टाँस नहुन्जेल सम्मकालागी स्थागीतगरिएको छ ।